मधेशका रविराज 'एलै एक नटिनियाँ रे जान' गाएपछि फेसबुकमा भाईरल !

उनलाई प्रदेशकाम मुख्यमन्त्री देखि विभिन्न नेताहरुले समेत बधाई र शुभकामना दिएका छन् । 

२०७६ भदौ २८ शनिबार
रति ९:०५ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशबाट प्रतिनिधित्व गर्दै नेपालको ठुलो टिभी रियलीटि साँगीगित शो नेपाल लोक स्टारमा रविराज साहले जजिस्टहरुबाट सुपर स्टेण्डिंग ओभिएसन पाएका छन् । 

 

शुक्रबारको एपिसोडमा मैथिली भाषाको गीत उत्तरही राज सँ जे एलै एक नटिया रे जान बोलको गीत गाएपछि उनलाई सुपर स्टेण्डिंग ओभिएसन दिइएको हो । यसअघि मात्र नेपाली भाषाको गीत गाउन बाध्य पारिएको रविराजलाई तराई मधेशबाट भोटिँग कम भएपछि चौतर्फी आलोचना आयोजक टिमलाई भएको थियो । त्यही विषयमा न्यूज ब्यूरोले नेपाल लोकस्टारमा 'रविराजसँग अन्याय' गरिँदै !  शिर्षकको समाचार लेखेपछि उनलाई आफ्नै मातृभाषाको गीत गाउन दिएपछि अहिले चौतर्फी प्रशंसा भईरहेको छ उनले गाएको गीतको भिडियो पनि समाजिक सँजालमा ट्रेन्डिंगमा रहेको छ । 

 

काठमान्डौंको एपिवान टेलिभिजनबाट प्रसारण हुने नेपालको ठुलो साँगितिक रियलिटी शो नेपाल लोक स्टारको अघिल्लो एपिसोडमा उनले गीत सुरु गरेपछि टिभी हेरेर बसेका दर्शकहरुले समेत झुमेका थिए भने जजिस्ट (निर्णायक मण्डल) सहित अडिएन्सहरुले समेत कम्मर हल्लाएको देखियो । यसअघि नेपाली भाषाको गीत मात्र गाउन बाध्य बनाइएका रविराजले भाषा र टयुनको कारण तराई मधेशबाट भोट कम पाउन थालेपछि निरास भएका थिए । 

 

 

नेपाली भाषाको विभिन्न गीतलाई उनले गाएपछि गत साता खतराको मुखबाट बचेका रविराजले यसपाली मैथिली भाषाको गीत गाएर सबैलाई झुमाउन सफल भए । जनकपुरका प्रसिद्ध गायक सुनिल मल्लिको अरिजनल आवाज रहेको सो गीत रविराजले गाएपछि उनलाई समाजिक सँजालमा चौतर्फी प्रशंसा भएको छ भने त्यही गीतलाई लिएर उनलाई प्रदेशकाम मुख्यमन्त्री देखि विभिन्न नेताहरुले समेत बधाई र शुभकामना दिएका छन् । 

 

उनले भने, - "यसपाली मैथिली भाषामा गीत गाउने अवसर पाए, यसपाली त प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत जी, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, जनकपुरको साँगितिक क्षेत्रका व्यक्तित्वहरुको टोली, समाजसेवी बैद्यनाथ साह लगायत अन्य विशिष्ट व्यक्तित्वहरु समेत फोन र भेट गरी पनि बधाई दिनुभयो । यसपाली लोकस्टारका पाँचै जना जजिस्टहरुले समेत उभिएर स्टेण्डिंग ओभिएन दिनुभयो, सबै जनाले ताली पनि पिटेकै हुन् , सबैको साथको जरुरी छ । म सबैलाई धन्यवाद दिन चाहन्छु ।" 

 

उनले गाएको गीत गोदनाको गीत अहिले फेसबुकमा समेत युवाहरुले भाइरल गरेका छन् । उनको लागि भोटिँग खुल्ला भएपछि पुनः भोटिँग गर्न अपिल गर्दै उनले यसपाली पनि सबैभन्दा बढी भोट पाएर सुरक्षित रहेको बताए । 

स्मरण रहोस भोटिँग सोमबार नेपाली समय अनुसार मध्यान्ह १२ बजेदेखि शुक्रबार मध्यान्ह १२ बजेसम्म मात्र खुल्ला हुन्छ । सोमबारदेखि शुक्रबारसम्म मात्र भोट गर्न पाउनुहुनेछ । 

रविराजलाई भोटिङ गर्ने तरिका :


नेपालका लागि : Type L (space) 01 Send to : 37000

For landline : 166677 And enter voting code : 01

भारतका लागि : Type L (space) 01 Send to : 53010

कतारका लागि : Type L (space) 01 Send to : 92300

साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७६ भदौ २८ शनिबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus

} }