टप ९ का लागि भोटिङ खुल्ला, मधेशले उठाउलान् त मौकाको फाईदा ?

रविराजलाई अहिलेसम्म दर्शक तथा शुभचिन्तकबाट अपार सहयोग प्राप्त भएपनि अब भने त्यसको कयौं गुनाबढी सहयोग अर्थात् भोट चाहिन्छ ।

२०७६ भदौ १६ सोमबार
दिउसो ४:०० बजे
बिनय यादव

न्यूज ब्यूरो, जनकपुरधाम । एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपालकै सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’मा रविराज साह यतिबेला सबैको आशाको केन्द्रबिन्दु बनिरहेका छन् ।

 

नेपाल लोकस्टारमा सबैभन्दा बलियो प्रतिस्पर्धीको रुपमा हेरिएका रविराजको दमदार प्रस्तुति र भोटर अर्थात् दर्शकबाट पाएको अपार सहयोगले उनीप्रतिको आशाको उचाई झन बढाइदिएको हो । 

 

लोकस्टारको प्रशारण भएको विभिन्न फाईनल राउण्डको एपीसोडहरुमध्ये पछिल्ला ‘टप ११’ र ‘टप १०’ मा लगातार सबैभन्दा अगाडि परेपछि रविराज सबैको नजरमा परेका छन् ।

 

मधेशबाट प्रतिनिधित्व गरिरहेका रविराज टप टेनसम्म सर्वाधिक भोटसहित सबैभन्दा अग्र स्थानमा परेका छन् । उनको प्रस्तुति र भोटको व्यापक अभियानले मधेश लगायत समग्र नेपाल, भारत, कतार, साउदी, मलेसिया लगायतका देशमा रहेका नेपालीहरुबाट पाएको मतले उनी अग्र स्थानमा कायम रहे ।

 

रविराजलाई अहिलेसम्म दर्शक तथा शुभचिन्तकबाट अपार सहयोग प्राप्त भएपनि अब भने त्यसको कयौं गुनाबढी सहयोग अर्थात् भोट चाहिन्छ । उनी जत्तिसुकै उत्कृष्ट गाएपनि अब अगाडिका यात्राको लागि भोट नै निर्णायक हुनेछ । त्यसकारण अब प्रतिस्पर्धा भन्दापनि भोटको महायुद्ध सुरु भएको छ । 

 

लोकस्टारको उपाधि आफ्नो पोल्टामा पार्न सबै प्रतियोगीहरुका लागि भोट अभियान व्यापक चलिरहेको छ । तर, संगित मार्फत् मधेश र पहाडलाई जोड्ने काम गरेको भन्दै चौतर्फी समर्थन पाएका रविराजलाई जिताउन सेलेब्रेटीहरु पनि अघि बढेका छन् । 

 

मधेशकी चर्चित आर्टिस्ट डोली सरकारले मधेशले पाएको यो अवसर गुमाउन नहुने भन्दै रविराजको लागि सबैसँग भोट मागेकी छन् । उनले एकजना सहभागी मार्फत् आफ्नो भाषा, संस्कृति र कलाको प्रोमोट गर्ने अवसर भएको भन्दै मौका नगुमाउन अनुरोध गरिन् । यस्तै, स्वर र कलाकी धनी मानिएकी नेपाल लोकस्टारको टप १२ बाट सञ्चार र प्रचारको अभावमा कम भोट पाएर बाहिरिएकी सप्तरीकी सुषमा झासमेत रविराज जिताउ अभियानमा निरन्तर लागेकी छिन् । 


एक–एक भोटको महत्व हुने भएकोले सिंगो प्रदेश २ को शानको रुपमा रहेका प्रभावशाली गायक रविराजलाई सहयोग गर्न आग्रह गर्दै सुषमाले भनिन्, ‘भोटिंग राउण्डमै कम भोटका कारण मलाई शोबाट बाहिरिनुपर्याे, त्यसैले रविराज दाईलाई बढीभन्दा बढी भोट गरेर विजेता बन्नमा सहयोग गरिदिनुहुन अनुरोध छ ।’

 

मधेशबाट कलाकारिता क्षेत्रमा रहेका थुप्रै व्यक्तिसहित विभिन्न क्षेत्रमा आवद्ध चर्चित अनुहारहरु पनि रविराजको लागि भोटको अपिल गरिरहेका छन् । रविराजलाई जिताउन मधेशी युवाहरुले स्वतस्फूर्त रुपमा विभिन्न ठाउँ तथा समाजिक संजालमा ‘रविराज जिताउ’ अभियान जारी राखेका छन् ।

 

रविराजप्रति क्रिएटेड क्रेज अनुसार उनी भोट पाउने हो भने अगाडिको यात्रा सहजै देखिन्छ । तर, त्यसको लागि कोही नछुट्ने गरी भोटिङ हुनुपर्छ । गन्तव्य नजिक पुगेका रविराज उपर सबैले उपकार गरिदिए भने उनी नेपाल लोकस्टारको उपाधि कब्जा गरेर इतिहास बनाउन सक्छन् ।

 

‘टप ९’ का लागि भोटिङ खुल्ला
टप १० मा छनोट भएर आएका प्रतियोगीहरुका लागि लोकस्टार आयोजकले आज (सोमबार) मध्यान्ह १२ बजेदेखि आधिकारिक भोटिङ खुल्ला गरिदिएको छ । आजदेखि सुरु भएको भोटिङको अन्तिम समय शुक्रबार दिउँसो १२ बजेसम्म हुनेछ । समयभित्रै सबैभन्दा बढी भोट आउने गरी भोट गरिदिन रविराजले सबैसँग अपिल गरे ।

 

रविराजलाई मोबाईलबाट सिमकार्ड तथा आईएमई एप मार्फत् भोट गर्न सकिनेछ । लोकस्टारमा अत्याधिक मत पाउनेले अगाडिका राउण्ड अर्थात् टप ९ मा सिधैं प्रवेश पाउनेछन् । आउँदो शुक्रबार ८ः४५ बजे टप ९ को फाईनल प्रशारण हुँदैछ । 

 

सबै समुदायको संस्कृति झल्किने गरी विभिन्न भाषाको गीत गाएर भावनात्मक सम्बन्ध जोड्ने पुलको काम गरिरहेका रविराजलाई नेपाल लोकस्टारको विजेता बनाउन सबैको साथ र सहयोगको अत्ति खाँचो छ ।

 

नेपालकै सर्वाधिक पुरस्कार राशी भएको उक्त ‘रियालिटी शो’ को विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।

 

रविराजलाई भोटिङ गर्ने तरिका :
नेपालका लागि : Type L (space) 01 Send to : 37000

For landline : 166677 And enter voting code : 01

भारतका लागि : Type L (space) 01 Send to : 53010

कतारका लागि : Type L (space) 01 Send to : 92300

साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।

सम्बन्धित समाचार :

'नेपाल लोकस्टार' मा उदाउँदै मधेशका 'रविराज', भोटमा सबभन्दा अगाडी 

नेपाल लोकस्टार : मधेशमा 'रविराज जिताउ' अभियान, टप १० का लागि भोटिङ खुल्ला

 मधेशले 'सुष्मा' को ऋण 'रविराज' लाई  तिर्दै, पाए सबभन्दा बढी भोट !

नेपाल लोकस्टार : रविराजको लागि भोटिङ खुल्ला, तपाई छुट्टिनुभयो ?

नेपाल लोकस्टार : भोटको लागि रविराजको अपिल, यसरी गर्न सकिन्छ भोट !


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७६ भदौ १६ सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus

} }