कमला स्नान गरी फर्किदै गर्दा धनुषामा ट्याक्टरबाट लडेर १४ वर्षीय बालकको मृत्यु
घटनालगत्तै पुगेको प्रहरीले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।

२०८३ मंसिर ८ मंगलबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा ट्याक्टरबाट लडेर चक्काले किच्दा एक बालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो करिब २:३० बजे कमला नगरपालिका–२ सराबेस्थित हुलाकी सडकखण्डमा भएको दुर्घटनामा हंसपुर नगरपालिका–९ रुदौली निवासी रामकुमार मण्डलका १४ वर्षीय छोरा जिसान्त कुमार मण्डलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार लग्माबाट तिनकोरियातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ त ३१९९ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा ट्याक्टरमा सवार जिसान्त सडकमा खसेका थिए । सोही क्रममा ट्याक्टरको पछाडिको चक्काले उनको टाउकोमा लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
घटनालगत्तै पुगेको प्रहरीले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…