रविराजसँग समुदायकै आधारमा हुन्छ अभद्र व्यवहार, एकले मागे माफी

रविराजसँग समुदायकै आधारमा पटकपटक विवाद तथा दुव्र्यवहार हुँदै आएको छ ।

२०७६ असोज ७ मंगलबार
रति ९:२३ बजे
बिनय यादव

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल लोकस्टारमा मधेशबाट प्रतिनिधित्व गरिरहेका रविराज साहलाई समुदायकै आधारमा अभद्र व्यवहार गरेका एपीवान टिभीका कर्मचारीले माफी मागेका छन् ।

 

आफ्नो दमदार प्रस्तुतिका साथ सबैको मन जितिरहेका रविराजलाई समुदाय र क्षेत्रको आधारमा गालीगलौच एवं अभद्र व्यवहार गर्ने एपीवानका कर्मचारी मनोज केसीले सार्वजनिक रुपमै माफी मागेका हुन् । गत असोज ४ गते शनिबार गीतकै विषयलाई लिएर केसीले रविराजलाई गालीगलौच र अभद्र व्यवहार गरेका थिए ।

 

आफूबाट गलत्ति भएको स्वीकार्दै उनले मधेशी अभियन्ताहरुको उपस्थितिमा रविराजसँगै सम्पूर्ण मधेशी समुदायसँग माफी मागे । मधेश मामिलामा काम गर्दै आएका समाजिक संगठन तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को निरन्तरको पहलपछि उनी माफी मागेका हुन् ।

 

सबै समुदायलाई जोड्ने संगीतमय यात्रामा यसरी सम्प्रादायिक विवाद हुनु अति नै दुःखद रहेको आवाज चौतर्फी उठिरहेका बेला एउटा कर्मचारीको व्यवहारले सम्पूर्ण टिममाथि नै औंला ठडिएको भन्दै आयोजक र व्यवस्थापक समेतको सक्रियतामा विवाद छिनोफानो गरिएको हो ।

 

नेपाल लोकस्टारमा रविराजसँग आयोजकभन्दा बाहिरका व्यक्तिबाट समुदायकै आधारमा पटकपटक विवाद तथा दुव्र्यवहार हुँदै आएको छ । यद्यपि, लोकस्टारको गरिमामा असरपर्ने भन्दै सार्वजनिक गरिने गरिएको छैन ।

 

रविराज साह यतिबेला टप ७ मा सेफ छन् । टप ७ को फाईनलमा कम भोटका कारण जसोतसो जोगिएका रविराजको अगाडिका राउण्ड भोटकै आधारमा तय हुनेछ । आउँदो शुक्रबार हुन गइरहेको टप ६ का लागि मात्र उनलाई कम्तिमा ४ लाख भोट चाहिएको छ । 

 

लोकस्टारले सोमबारदेखि नै भोटिङ खुल्ला गरिसकेको छ । यस राउण्डको लागि शुक्रबारसम्म मात्र भोटिङ खुल्ला रहने भएकाले समयमै बढीभन्दा बढी भोट गर्न रविराजले अपिल गरेका छन् । लोकस्टारको सर्वाधिक लोकप्रिय प्रतिस्पर्धीको रुपमा हेरिएको रविराजलाई गन्तव्यसम्म पुर्याउन सबैको सहयोगको खाँचो छ ।

 

रविराजलाई भोटिङ गर्ने तरिका :

नेपालका लागि : Type L (space) 01 Send to : 37000

For landline : 166677 And enter voting code : 01

भारतका लागि : Type L (space) 01 Send to : 53010

कतारका लागि : Type L (space) 01 Send to : 92300

साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७६ असोज ७ मंगलबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus