लोकस्टारको टप ६ मा सेफ भए 'रविराज', अब अग्निपरीक्षा !
सबै समुदायको भावनात्मक सम्बन्ध जोड्ने पूलको काम गरिरहेका रविराजलाई जिताउन अब पहिलेभन्दा धेरै नै भोटको आवश्कता छ ।

२०७६ असोज १० शुक्रबार, राति ९:१७ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै सबैभन्दा ठूलो मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारमा प्रतिस्पर्धा गरिरहेका रविराज साह टप ६ मा पनि छनोट भएका छन् ।
लोकस्टारको शुक्रबार प्रशारण भएको टप ६ को फाईनलबाट रविराज टप ६ मा सेफ भएका हुन् । प्रस्तुतिसँगै दर्शकबाट पाएको भोट र जजहरुबाट पाएको अंकको आधारमा उनी टप ६ मा पनि छनोट हुन सफल भएका छन् । आजको एपिसोडमा रविराजले ‘पिया पिया रटते’ नामक भोजपुरी भाषाको गीत गाएका छन् ।
टप ६ मा सेफ भएपछि रविराजले न्यूज ब्यूरोसँगको फोन संवादमा आफ्ना तमाम शुभचिन्तकहरुप्रति आभार व्यक्त गरेका छन् ।
यसअघि टप ७ को हिजो (बिहिबार) भएको २७औं एपिसोडमा लोकस्टारका जज रामजी खाँडले रविराजले गएको गीतमा अनावश्यक टिप्पनी गरेर मनोबल गराउने काम गरेपछि उनका समर्थक तथा शुभचिन्तकहरुले व्यापक भोटिङ अभियान चलाएका थिए । व्यापक अभियानपछि दर्शकबाट पाएको भोटले टप ६ मा उनी सेफ जोनमा परेका हुन् ।
आजको फाईनल राउण्डबाट अघिको टप ७ मा रहेका सातजना प्रतियोगीमध्ये एकजना बाहिरिएका छन् । फाईनलका लागि टप ६ मा परेका प्रतियोगीहरुमध्ये चारजना मात्र चुनिने छन् । कम भोट पाउने दुईजना प्रतियोगिताबाट आउट हुनेछन् । नेपाल लोकस्टारको फाईनल कार्तिक १ गते हुँदैछ ।
मधेशबाट प्रतिनिधित्व गरिरहेका रविराज लोकस्टारभित्रैको विभिन्न बाधा अवरोधका बाबजुद आफ्नो दमदार गायन कलाले गन्तव्य पछ्याउँदै गइरहेका छन् । उनी मधेशी समुदायबाट भएपनि विभिन्न समुदायका गीतलाई स्थान दिएर गाउँदै आएका कारण चौतर्फी साथ र समर्थन पाइरहेका छन् । तर, यो अब भने रविराजलाई त्योभन्दा पनि बाक्लो सहयोग चाहिन्छ ।
फाईनलको लागि अब २ वटा एपिसोड मात्र बाँकी रहेकाले भोटिङको अब महायुद्ध नै सुरु हुनेछ । अब अगाडिको यात्रा सबै प्रतिस्पर्धीको लागि अग्निपरिक्षा झैँ हो । सबै समुदायको भावनात्मक सम्बन्ध जोड्ने पूलको काम गरिरहेका रविराजलाई जिताउन अब पहिलेभन्दा धेरै नै भोटको आवश्कता छ ।
टप ६ मा छनोट भएर आएका प्रतियोगीहरुका लागि लोकस्टारले सोमबार मध्यान्ह १२ बजेदेखि भोटिङ खुल्ला गर्दैछ । भोटिङको अन्तिम समय शुक्रबार दिउँसो १२ बजेसम्म हुनेछ । रविराजलाई मोबाईलबाट सिम कार्ड तथा आईएमई एप मार्फत् भोट गर्न सकिनेछ ।
नेपालकै सर्वाधिक पुरस्कार राशी भएको उक्त ‘रियालिटी शो’ को विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।
रविराजलाई भोटिङ गर्ने तरिका :
नेपालका लागि : Type L (space) 01 Send to : 37000
For landline : 166677 And enter voting code : 01
भारतका लागि : Type L (space) 01 Send to : 53010
कतारका लागि : Type L (space) 01 Send to : 92300
साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।
सम्बन्धित समाचार :
'नेपाल लोकस्टार' मा उदाउँदै मधेशका 'रविराज', भोटमा सबभन्दा अगाडी
नेपाल लोकस्टार : मधेशमा 'रविराज जिताउ' अभियान, टप १० का लागि भोटिङ खुल्ला
मधेशले 'सुष्मा' को ऋण 'रविराज' लाई तिर्दै, पाए सबभन्दा बढी भोट !
नेपाल लोकस्टार : रविराजको लागि भोटिङ खुल्ला, तपाई छुट्टिनुभयो ?
नेपाल लोकस्टार : भोटको लागि रविराजको अपिल, यसरी गर्न सकिन्छ भोट !
टप ९ का लागि भोटिङ खुल्ला, मधेशले उठाउलान् त मौकाको फाईदा ?
रविराजलाई आज कम्तिमा ३ लाख भोट आवश्यक, तपाई भोट गर्नुभयो ?
खतराको मुखबाट बचे मधेशका छोरा 'रविराज', अझ भोटको आवश्यकता
मधेशका रविराज 'एलै एक नटिनियाँ रे जान' गाएपछि फेसबुकमा भाईरल !
रविराजलाई राजपा नेता महतोको पनि साथ : 'एक नम्बरमा ल्याउनुछ'
नेपाल लोकस्टारको टप ७ मा जसोतसो जोगिए 'रविराज' !
रविराजसँग समुदायकै आधारमा हुन्छ अभद्र व्यवहार, एकले मागे माफी
लोकस्टारको जजद्धारा रविराजको मनोबल गिराउने खेल, जजलाई गालीको वर्षा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…