नेपाल लोकस्टार : रविराजको लागि भोटिङ खुल्ला, तपाई छुट्टिनुभयो ?
लोकस्टारमा अत्यधिक मत पाउनेले टप ११ मा सिधैं प्रवेश पाउने छ ।

२०७६ भदौ ५ बिहीबार, राति ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल लोकस्टारको ‘टप १२’ मा रहेका रविराज साहका लागि भोटिङ खुल्ला गरिएको छ ।
टप १२ मा रहेका रविराजका लागि सिम कार्ड मार्फत् आज साँझ ८ः३० देखि आधिकारिक भोटिङ खुल्ला गरिएको हो । भोटिङको अन्तिम समय शुक्रबार दिउँसो १२ बजेसम्मका लागि दिइएको छ ।
आईएमई एपबाट भने पहिलेदेखि नै खुल्ला छ । नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो ‘नेपाल लोक स्टार’मा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार राविराजलाई मुख्यतः अब भोट नै निर्र्णायक हुने भएकाले उनलाई धेरैभन्दा धेरै भोटको आवश्यकता छ ।
एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल लोक स्टारमा रविराज आफ्नो दमदार प्रस्तुतिका साथ दावेदारी बलियो बनाइरहेका छन् । लोकस्टारमा अत्यधिक मत पाउनेले टप ११ मा सिधैं प्रवेश पाउने छ ।
संगित क्षेत्रमा मधेशका उदयमान रविराजलाई गन्तव्यसम्म पुर्याउन सबैको साथ सहयोगको खाँचो छ । दर्शकको सपोर्ट र रविराजको दमदार प्रस्तुतिले गर्दा उनलाई नेपाल लोकस्टारको दावेदार मानिएको छ ।
रविराजलाई भोटिङ गर्ने तरिका :
नेपालका लागि : Type L (space) 01 Send to : 37000
For landline : 166677 And enter voting code : 01
भारतका लागि : Type L (space) 01 Send to : 53010
कतारका लागि : Type L (space) 01 Send to : 92300
साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…