जनकपुरसहित विभिन्न स्थानमा भूकम्पको धक्का, बेस्सरी हल्लियो जमिन
भूकम्पबाट भएको सम्भावित क्षति, मानवीय हताहती तथा भूकम्पको केन्द्रबिन्दुबारे विस्तृत विवरण आउन बाँकी छ ।

२०८३ मंसिर ८ मंगलबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मंगलबार बिहान जनकपुरधामसहित नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नेपालको कोशी प्रदेशमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी) लाई उद्धृत गर्दै रोयटर्सले भूकम्प १० किलोमिटर गहिराइमा गएको जनाएको छ ।
भूकम्पको धक्का जनकपुरधामसहित विभिन्न स्थानमा महसुस गरिएको छ । स्थानीयवासीका अनुसार केहीबेर जमिन बेस्सरी हल्लिएको थियो ।
भूकम्पबाट भएको सम्भावित क्षति, मानवीय हताहती तथा भूकम्पको केन्द्रबिन्दुबारे विस्तृत विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…