रविराजलाई राजपा नेता महतोको पनि साथ : 'एक नम्बरमा ल्याउनुछ'
दमदार प्रस्तुतिका साथ कयौं प्रतिस्पर्धीहरुलाई उछिन्दै अघि बढिरहेका रविराज मधेशको धेरै नै राम्रो कलाकार भएको भन्दै तारिफ पनि गरे ।

२०७६ भदौ ३१ मंगलबार, बेलुकी ७:५४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवं संघीय सांसद राजेन्द्र महतोले रविराजलाई जिताउन अनिवार्य भोट र सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।
अमेरिका भ्रमणमा रहेका नेता महतोले मधेशी एशोशिएशन ईन अमेरिका (एमएए) को कार्यक्रममा नेपालकै सबैभन्दा ठूलो सिंगिङ रियालिटी शो नेपाल लोकस्टारमा दमदार प्रस्तुतिका साथ प्रतिस्पर्धा गरिरहेका रविराजलाई जिताउन सबैको मद्दत मागेका हुन् ।
नेपाल लोकस्टारमा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज जिताउको लागि चौतर्फी अभियान चलिरहँदा सांसद महतोले यसलाई प्रभावकारी रुपमा अगाडी बढाएर रविराजलाई एक नम्बरमा ल्याउन अनुरोध गरे । रविराजलाई जिताउन आवश्यक रहेको भन्दै उनले सक्दो सहयोग गरेर समाजिक सद्भाव राख्न सबैसँग अपिल गरे ।
दमदार प्रस्तुतिका साथ कयौं प्रतिस्पर्धीहरुलाई उछिन्दै अघि बढिरहेका रविराज ईमान्दारिताको सवालमा एक नम्बरमा मुल्यांकन हुने तथा मधेशको धेरै नै राम्रो कलाकार भएको भन्दै तारिफ पनि गरे । नेता महतोले रविराजलाई जिताउनको लागि जिताउ अभियानमा धेरैलाई जोडेको बताउँदै थप सहयोग अपरिहार्य रहेको औल्याए ।
हेर्नुस् नेता महतोले अमेरिकामा बोलेको भिडियो :
रविराजलाई जिताउनको लागि मधेशका युवा अगुवाहरु कम्मर कसेर लागेका बेला विभिन्न क्षेत्रका सेलेब्रेटीहरुसमेत समर्थन तथा सहयोगमा अघि बढेका हुन् । यद्यपि, धेरै नै सहयोगको खाँचो रहेको रविराजको जितको लागि अझ कहाँकहाँबाट सहयोग प्राप्त हुन्छ, त्यो हेर्न बाँकी छ ।
जुनसुकै समुदायसँग जुडेका भाषाको गीतलाई हरसम्भव न्याय दिएर प्रस्तुति दिँदै चौतर्फी प्रशंसा बटुल्दै आएका रविराज टप ८ को फाईनलमा मैथिली भाषाको ‘उत्तरी ही राजसँ ऐलै एक नटिनियाँ रे जान’ नामक गीत गाएर थप चर्चामा छन् । उनले गाएको यो पौराणिक गीत समाजिक संजालमा भइरहल नै भइरहेको छ ।
नेपाल लोकस्टारको बलियो दाबेदार मानिएका रविराजको जीतको संकल्प पूरा गर्नको निम्ति भोट नै निर्णायक हुने भएकाले उनलाई धेरैभन्दा धेरै भोटको खाँचो छ ।
नेपाल लोकस्टार आयोजकले आज (सोमबार) नेपाली समय अनुसार मध्यान्ह १२ बजेदेखि भोटिङ खुल्ला गरिदिएको छ । आउँदो शुक्रबार मध्यान्ह १२ बजेसम्म खुल्ला रहने भोटिङमा सबैलाई जुट्न रविराजले अग्रह गरेका छन् । उनले अवधि भित्रै धेरैभन्दा धेरै आफूलाई भोट गर्न अनुरोध गरे ।
रविराजलाई मोबाईलबाट सिमकार्ड तथा आईएमई एप मार्फत् भोट गर्न सकिनेछ । लोकस्टारमा अत्याधिक मत पाउनेले अगाडिका राउण्ड अर्थात् ‘टप ७’ मा सिधैं प्रवेश पाउनेछन् । आउँदो शुक्रबार ८ः४५ बजे टप ७ को फाईनल प्रशारण हुँदैछ ।
नेपालकै सर्वाधिक पुरस्कार राशी भएको उक्त ‘रियालिटी शो’ को विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् । सबै समुदायको संस्कृति झल्किने गरी विभिन्न भाषाको गीत गाएर भावनात्मक सम्बन्ध जोड्ने पुलको काम गरिरहेका रविराजलाई नेपाल लोकस्टारको विजेता बनाउन सबैको साथ र सहयोगको अत्ति खाँचो छ ।
रविराजलाई भोटिङ गर्ने तरिका :
नेपालका लागि : Type L (space) 01 Send to : 37000
For landline : 166677 And enter voting code : 01
भारतका लागि : Type L (space) 01 Send to : 53010
कतारका लागि : Type L (space) 01 Send to : 92300
साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।
सम्बन्धित समाचार :
'नेपाल लोकस्टार' मा उदाउँदै मधेशका 'रविराज', भोटमा सबभन्दा अगाडी
नेपाल लोकस्टार : मधेशमा 'रविराज जिताउ' अभियान, टप १० का लागि भोटिङ खुल्ला
मधेशले 'सुष्मा' को ऋण 'रविराज' लाई तिर्दै, पाए सबभन्दा बढी भोट !
नेपाल लोकस्टार : रविराजको लागि भोटिङ खुल्ला, तपाई छुट्टिनुभयो ?
नेपाल लोकस्टार : भोटको लागि रविराजको अपिल, यसरी गर्न सकिन्छ भोट !
टप ९ का लागि भोटिङ खुल्ला, मधेशले उठाउलान् त मौकाको फाईदा ?
रविराजलाई आज कम्तिमा ३ लाख भोट आवश्यक, तपाई भोट गर्नुभयो ?
खतराको मुखबाट बचे मधेशका छोरा 'रविराज', अझ भोटको आवश्यकता
मधेशका रविराज 'एलै एक नटिनियाँ रे जान' गाएपछि फेसबुकमा भाईरल !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…