• २०७६ भदौ ३० गते, सोमबार

रविराजलाई आज कम्तिमा ३ लाख भोट आवश्यक, तपाई भोट गर्नुभयो ?

आज मध्यान्ह १२ बजेसम्म मात्र भोटिङ खुल्ला रहनेछ । समय थोरै छ, अहिले नै भोट गरौं । मधेशको शानलाई अगाडि बढाउने जिम्मेवारी तपाईकै काँधमा छ ।

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको सबैभन्दा ठूलो सिंगिङ रियालिटी शो नेपाल लोकस्टारको टप ९ को आज फाईनल राउण्ड हुँदैछ ।

 

लोकस्टारको टप ९ को फाईनल राउण्ड आज (शुक्रबार) साँझ पौने ९ बजे प्रशारण हुन लागेको हो । उक्त राउण्डका लागि लोकस्टारमा अब्बल दावेदार मानिएका रविराज साहलाई आज पहिलेभन्दा धेरै भोट चाहिन्छ ।

 

लोकस्टारमा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराजलाई आजको राउण्ड पार गर्नको लागि कम्तिमा ३ लाख भोटको आवश्यकता छ । गत सोमबार मध्यान्ह १२ बजेदेखि खुल्ला गरिएको भोटिङ आज (शुक्रबार) मध्यान्ह १२ बजे बन्द हुँदैछ ।

 

भोट गर्ने समय अब थोरै भएकाले सबैलाई बढीभन्दा बढी भोट गर्न रविराजले अपिल गरेका छन् । आफ्नो गायन प्रतिभाले सबैको मनमा बसेर गन्तव्य नजिक पुगेका रविराजलाई सबैको सहयोग अर्थात् भोट अपरिहार्य छ । 

 

उनी टप ११ र टप १० मा भोटले सबैभन्दा अग्र स्थानमा रहे । यो राउण्डमा पनि उनी सबैभन्दा अत्यधिक भोट पाए टप ९ मा सहजै प्रवेश पाउनेछन् भने उनको यात्रा झन सहज हुनेछ ।

 

रविराजलाई भोटिङ गर्ने तरिका :
नेपालका लागि : Type L (space) 01 Send to : 37000

For landline : 166677 And enter voting code : 01

भारतका लागि : Type L (space) 01 Send to : 53010

कतारका लागि : Type L (space) 01 Send to : 92300

साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।

सम्बन्धित समाचार :

'नेपाल लोकस्टार' मा उदाउँदै मधेशका 'रविराज', भोटमा सबभन्दा अगाडी 

नेपाल लोकस्टार : मधेशमा 'रविराज जिताउ' अभियान, टप १० का लागि भोटिङ खुल्ला

 मधेशले 'सुष्मा' को ऋण 'रविराज' लाई  तिर्दै, पाए सबभन्दा बढी भोट !

नेपाल लोकस्टार : रविराजको लागि भोटिङ खुल्ला, तपाई छुट्टिनुभयो ?

नेपाल लोकस्टार : भोटको लागि रविराजको अपिल, यसरी गर्न सकिन्छ भोट !

टप ९ का लागि भोटिङ खुल्ला, मधेशले उठाउलान् त मौकाको फाईदा ?

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...