• २०७६ मङ्सिर ७ गते, शनिबार



नेपाल लोकस्टारमा 'रविराजसँग अन्याय' गरिँदै !

मधेशलाई सधैं तल्लो नजरियाबाट हेरिएको ठाउँमा मधेशको गौरव र शानको रुपमा उदाएका रविराजलाई अत्यधिक भोट गरी जिताएर इतिहास रच्ने मधेशको यो मौका पनि हो ।

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालकै सबैभन्दा ठूलो मौलिक सिंगिङ रियालिटी शो भनिएको नेपाल लोकस्टारको नाम सुन्दा लाग्छ, देशका सबै समुदायको मौलिकतालाई प्राथमिकतामा राखिएको होला । तर, त्योभन्दा फरक देखियो ।

 

मौलिक शो भनेपछि मधेश, पहाड, हिमाल सबैलाई समेटिएको हुनुपर्ने हो । प्रतिस्पर्धी मार्फत् सबैको आ–आफ्नो मौलिक लोक भाका र लोक गीतमा प्रस्तुति दिन लगाएर सबै समुदायसँग न्याय गर्नुपर्ने हो । तर, त्यसो नभई यहाँ कुनै एक विशेष समुदायको मात्र बर्चस्व देखिएको छ ।

 

पछिल्लो राउण्डमा एकमात्र भाषा र एकमात्र समुदायको गीत अर्थात् नेपाली भाषाको गीतमा मात्र प्रतिस्पर्धा गराइँदैछ । एकमात्र भाषाका गीत गाउन लगाउँदा त्यो समुदायभन्दा परका व्यक्तिलाई त्यति सहज हुँदैन । त्यो गीतलाई न्याय दिन सम्भव पनि हुँदैन ।

 

प्रतिस्पर्धा भनेको सबैको लागि बराबर हुनुपर्ने हो, एउटालाई सजिलो र अर्कोलाई असजिलो दिनु हुँदैन । नेपाली भाषाका लोक गीत मधेशका गायकहरुलाई गाउन त्यति सहज हुँदैन भने पहाडका गायकहरुलाई त्यति नै गार्हो मधेशका गीत गाउनलाई हुन्छ । 

 

तर, यहाँ के देखिन्छ भने नेपाल लोकस्टारमा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार रविराज साहलाई जहिले पनि आफ्नो भाषा भन्दा फरक अर्थात् नेपाली भाषाका लोक गीतहरु गाउन दिने गरिएको छ भने अन्य प्रतियोगीहरुलाई उनका आफ्नै भाषा अथात् नेपाली भाषाकै गीत दिने गरिएको छ ।

 

रविराजले आयोजकसँग पटकपटक आफू मधेशी समुदायसँग जोडिएका आफ्नै भाकाका गीत गाउने ईच्छा व्यक्त गरेपनि मौका दिइएन, गाउन दिइएन । उनलाई कहिले पूर्वेली गीतको पालो त कहिले आधुनिक गीतको पालो भनेर मधेशी समुदायका गीत गाउनबाट ईन्कार गरियो ।

 

पछिल्ला एपिसोडहरुमा उनी आयोजकले दिएकै गीत बाध्य भएर गाए । तैपनि बिना हिचकिचाई उनी कहिल्यै नसुनेका लोक गीत र कहिल्यै नजानेका भाकालाई हरसम्भव न्याय दिएर जबर्जस्त प्रस्तुति दिने प्रयास गरे । तर, टप ९ पछि रविराजले आफ्नै पहिचानका गीत गाउने भनेपछि विवाद पनि भएको बाहिरिएको छ ।

 

रविराजले मैथिली, भोजपुरी लगायतका आफ्नै पहिचान र भाषाका गीत गाउने भनेर आयोजकसँग आग्रह गर्दा अन्य प्रतिस्पर्धीका मान्छेहरु ‘यो धोती शो हो र ?’ भन्दै हुज्जत र विवाद गरे ।

 

तर, रविराज भने लोकस्टारको नियम विपरित हुने भन्दै यसबारे केही प्रतिक्रिया दिन चाहेनन् । मधेशको भाषाका गीत गाउन नदिनुको मूख्य कारण हो, रविराजले यदि आफ्नै समुदायका गीत गाएभने मधेशमा सेन्टिमेन्ट कृएट हुन्छ । यदि त्यसो हुने हो भने उनको जीत कोही रोक्न सक्दैन भन्दा गलत नहोला । मधेशकै भोटले उनको जय हुन्छ ।

 

मधेशका एकजना समाजिक संजाल फेसबुकमा लेख्छन्, ‘जसरी रविराजले नेपाली लोक गीतलाई जति न्याय गरेर गाइरहेका छन्, त्यति हिम्मत छ भने अरु प्रतिस्पर्धी मधेशको लोक गीत गाएर त देखाओस् । अनिमात्र उसलाई रविराजसँग प्रतिस्पर्धाको लायक छ भनेर मान्छौं ।’

 

सम्भवतः पहिलोपटक नेपालको कुनै रियालिटी शोमा मधेशबाट टप ९ सम्मको यात्रामा उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढ्दै गरेका रविराज साहसँग समान व्यवहार गर्न नसकेर लोकस्टारले पनि विगतका रियालिटी शो झैँ मधेशलाई जोड्न नसकेको आवाज उठ्न थालेको छ । एकजना फेसबुकमा लेख्छन्, ‘लोकस्टारले पनि मधेशका युवाहरुमा आफ्नोपनको आभाष दिलाउन सकेन भने मधेशका युवा आगामी दिनमा फेरी नेपालको कुनैपनि शोमा आउलान् भनेर भन्न सकिन्न ।’ आगाडी लेख्छन्, ‘रविराजकै कारणले आज मधेशले एपीवान टिभी हेरिदिएको छ, आईएमईप्रति पनि मधेश र मधेशीको उत्तिकै योगदान छ । यदि रविराजसँग कुनै किसिमको त्यस्तो भयो भने मधेशले ती सबै बहिष्कार गर्नुको विकल्प हुनेछैन ।’

 

लोकस्टारको टप ११ र टप १० मा रविराज लगातार दुईपटक अग्र स्थानमा रहेपनि टप ९ मा भने कम भोट पाएका कारण जसोतसो जोगिए । अगाडिका यात्राका लागि भोट नै निर्णायक हुने भएकाले उनलाई धेरैभन्दा धेरै भोटको खाँचो छ ।

 

सोमबार नेपाली समय अनुसार मध्यान्ह १२ बजेदेखि खुल्ला गरिएको भोटिङ प्रक्रियामा मधेशवासीले रविराजको लागि एक–एक भोट गरे उनले जीत हाँसिल गरेर मधेशको शान स्थापित गर्ने पक्कापक्की छ । सोमबार मध्यान्ह १२ बजेदेखि खुल्ला गरिएको भोटिङ आउँदो शुक्रबार मध्यान्ह १२ बजे बन्द हुनेछ ।

 

मधेशलाई सधैं तल्लो नजरियाबाट हेरिएको ठाउँमा मधेशको गौरव र शानको रुपमा उदाएका रविराजलाई अत्यधिक भोट गरी जिताएर इतिहास रच्ने मधेशको यो मौका पनि हो ।

 

रविराजलाई भोटिङ गर्ने तरिका :
नेपालका लागि : Type L (space) 01 Send to : 37000

For landline : 166677 And enter voting code : 01

भारतका लागि : Type L (space) 01 Send to : 53010

कतारका लागि : Type L (space) 01 Send to : 92300

साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।

सम्बन्धित समाचार :

'नेपाल लोकस्टार' मा उदाउँदै मधेशका 'रविराज', भोटमा सबभन्दा अगाडी 

नेपाल लोकस्टार : मधेशमा 'रविराज जिताउ' अभियान, टप १० का लागि भोटिङ खुल्ला

 मधेशले 'सुष्मा' को ऋण 'रविराज' लाई  तिर्दै, पाए सबभन्दा बढी भोट !

नेपाल लोकस्टार : रविराजको लागि भोटिङ खुल्ला, तपाई छुट्टिनुभयो ?

नेपाल लोकस्टार : भोटको लागि रविराजको अपिल, यसरी गर्न सकिन्छ भोट !

टप ९ का लागि भोटिङ खुल्ला, मधेशले उठाउलान् त मौकाको फाईदा ?

रविराजलाई आज कम्तिमा ३ लाख भोट आवश्यक, तपाई भोट गर्नुभयो ?

खतराको मुखबाट बचे मधेशका छोरा 'रविराज', अझ भोटको आवश्यकता 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...