नेपाल लोकस्टार : मधेशमा 'रविराज जिताउ' अभियान, टप १० का लागि भोटिङ खुल्ला

संगित क्षेत्रमा मधेशका उदयमान रविराजलाई गन्तव्यसम्म पुर्याउन सबैको साथ र सहयोगको खाँचो छ ।

२०७६ भदौ १० मंगलबार
बिहान ०९:३० बजे
बिनय यादव

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशका रविराज साह यतिखेर नेपालको सबभन्दा ठूलो सिंगिङ रियालिटी शो नेपाल लोकस्टारको प्रतिस्पर्धामा छन् ।

 

एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको सिंगिङ रियालिटी शो नेपाल लोकस्टारको ‘टप १२’ बाट रविराज ‘टप ११’ मा सहजै ल्याण्ड गरिसकेका छन् । सबैभन्दा अत्याधिक भोट पाएर उनी यतिबेला टप ११ को सेफ जोनमा छन् । 

 

मधेशबाट मात्र नभएर समग्र नेपालबाटै समर्थन अर्थात् भोट पाइरहेका रविराज टप १२ मा रहँदा टप ११ प्रवेशका लागि भएको भोटिङमा अन्य प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बढी भोट पाए । नेपाल लोकस्टारमा मधेशबाट प्रतिनिधित्व गरिरहेका एकमात्र मधेशी अनुहार राविराज सबैभन्दा बढी भोटका साथ अग्र स्थानमा देखिएका छन् ।

 

नेपाल लोकस्टारमा रविराज आफ्नो दमदार प्रस्तुतिका साथ दावेदारी बलियो बनाइरहेपनि उनको अगाडिका यात्राका लागि मूख्यतः भोट नै निर्णायक हुनेछ । अगाडिका राउण्ड प्रवेशका निम्ति जजको मात्र २० प्रतिशत माक आवश्यक हुन्छ भने ८० प्रतिशत बाहिरकै भोटको आवश्यकता हुन्छ ।

 

यसबीचमा कुनै ठूलो उलटफेर भएन भने रविराज नेपाल लोकस्टारको हकदार बन्न सक्छन् । रविराजलाई जोगाउन अर्थात् गन्तव्यसम्म माथिल्लो चरणमा पुर्याउन धेरैभन्दा धेरै भोटको आवश्यकता छ । एकातर्फ मधेशको विभिन्न स्थानमा ‘रविराज जिताउ’ अभियान नै चलिरहेको छ भने रविराजले पनि समाजिक संजाल मार्फत् भोटको अपिल गरिरहेका छन् ।

 

यसअघि भोटिङको लागि विहीबार कुर्नु पथ्र्यो, समयपनि कम हुन्थ्यो । तर, अब भने सोमबारदेखि नै आधिकारिक भोटिङ खुल्ला गरिएको छ । नेपाल लोकस्टार आयोजकले सोमबार दिउँसो १२ बजेदेखि भोटिङ खुल्ला गरेको हो । भोटिङको अन्तिम समय शुक्रबार दिउँसो १२ बजेसम्मका लागि दिइएको छ ।

 

यसअघि विहीबार साँझ ८ः३० देखि भोटिङ खुल्ला गरिने गरिएको थियो । रविराजलाई मोबाईलबाट सिम कार्ड तथा आईएमई एप मार्फत् भोट गर्न सकिनेछ । लोकस्टारमा अत्याधिक मत पाउनेले अगाडिका राउण्ड सिधैं प्रवेश पाउनेछ ।

 

संगित क्षेत्रमा मधेशका उदयमान रविराजलाई गन्तव्यसम्म पुर्याउन सबैको साथ र सहयोगको खाँचो छ ।

 

(आफ्नो अमूल्य भोट दिएर रविराजलाई जिताउन ‘न्यूज ब्यूरो’ टिम पनि सबैसँग अपिल गर्दछ ।)

 

रविराजलाई भोटिङ गर्ने तरिका :
नेपालका लागि : Type L (space) 01 Send to : 37000

For landline : 166677 And enter voting code : 01

भारतका लागि : Type L (space) 01 Send to : 53010

कतारका लागि : Type L (space) 01 Send to : 92300

साथै, IME Pay App मार्फत् विश्वभरबाट गर्न सकिन्छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको रत्नपुरमा फुटबल टुर्नामेन्ट हुँदै, भिडदैछ यी ९ टीम

  • २०७६ भदौ १० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ४ रत्नपुरस्थित फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ ।  पहिलो पटक मिथिला नगरपालिकाको रत्नपुरमा आयोजना हुने फुटबल टुर्नामेन्ट प्रतियोगितामा ९ वटा टीम सहभागी

पूरा पढ्नुहोस्

Bureau Menus