९ दिनमै १० लाख Views पार गर्दै कुशवाहाको 'सामा गीत', मैथिली संगीतमा नयाँ कीर्तिमानको चर्चा
गीतमा सँगीतकार सँजय कुशवाहा, अस्मिता रानी ठाकुर, सारथी लामा, आयुश खडका, प्रदीप यादव, अवधेश मण्डल, आर्या, सुस्मिता, लक्ष्मी लगायका कलाकारहरुले नाचगान अभिनय गरेको हो ।

२०८३ मंसिर ६ आइतबार, बेलुकी ५:११ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मैथिली संगीत क्षेत्रमा छोटो समयमै ठूलो दर्शकको ध्यान खिच्दै मैथिली सामाको गीतले युट्युबमा १० लाख भ्युज पार गरेको छ। गीत सार्वजनिक भएको मात्र ९ दिनमा १० लाखभन्दा बढी पटक हेरिनु मौलिक र आधुनिक मिक्स मैथिली गीतसंगीतका लागि उल्लेखनीय उपलब्धि बनेको छ।
विशेषगरी मैथिली गीतको डिजिटल बजारमा यति छोटो अवधिमा यस स्तरको दर्शक सहभागिता देखिनु उत्साहजनक मानिएको छ। सामाको गीतले सामाजिक सञ्जाल र युट्युबमा तीव्र रूपमा दर्शक बटुल्दै मैथिली संगीतको बढ्दो लोकप्रियतालाई समेत उजागर गरेको छ।
युट्युबमा उपलब्ध विवरणअनुसार यो गीतमा पायल ठाकुर, सारथी लामा, आरती झा र रुवी साहले स्वर भरेकी हुन् । गीतको शीर्षक र प्रस्तुतिले मिथिलाको मौलिक लोकपर्व सामा–चकेवा संस्कृतिलाई केन्द्रमा राखेको देखिन्छ।
मिथिला सेरिज नामक युटुब च्यानलबाट प्रसारण गरिएको सो गीतमा मौलिकसहित आधुनिकतालाई समेत समेटिएको छ । सामाको गीतमा पहिलो पटक मौलिकझैँ र्याप गरिएको पाईएको छ । सँगीतकार सँजय कुशवाहाको रैपले यो गीतलाई दर्शकमाझ मन पराएको देखिएको छ ।
जहाँ मौलिकता खस्किँदै र आधुनिकतामा समेत दोहोरो अर्थको गीत विकृति फस्टाईरहँदा सामाको यो गीतले नयाँ रेकर्ड कायम गरेको छ । गीतले छोटो समयमै पाएको दर्शक प्रतिक्रियाले मैथिली भाषाका गीतहरू पनि युट्युबको डिजिटल बजारमा व्यापक दर्शकसम्म पुग्न सक्ने सम्भावना देखाएको छ। नेपाली तथा भारतीय मैथिलीभाषी दर्शकबीच यसको पहुँच विस्तार हुनु यस सफलताको अर्को महत्त्वपूर्ण पक्ष बताईन्छ ।
मैथिली संगीतमा नयाँ पुस्ताका कलाकारले आधुनिक प्रस्तुति, दृश्यात्मक आकर्षण र लोकसंस्कृतिको संयोजनबाट दर्शक तान्न सक्ने उदाहरणका रूपमा समेत यस गीतलाई हेरिएको छ।
गीतमा सँगीतकार सँजय कुशवाहा, अस्मिता रानी ठाकुर, सारथी लामा, आयुश खडका, प्रदीप यादव, अवधेश मण्डल, आर्या, सुस्मिता, लक्ष्मी लगायका कलाकारहरुले नाचगान अभिनय गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…