मधेश सरकारमा हाल बेहालः मुख्य सचिवलाई टेरेन स्वास्थ्यका कर्मचारी
प्रदेश सचिव शर्माले यहाँको बेतिथि सुनाउँदै दुवै ठाउँको प्रतिवेदन पेश भई कारवाही प्रक्रियामा रहेको बताईन् ।

२०८३ मंसिर ७ सोमबार, राति ८:१७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको बेतिथि बेला बेलामा उजागर भईरहन्छ । यसपाली कर्मचारी सरुवामा राजनीतिक पावरले कर्मचारीतन्त्रभित्रको समस्या पनि उजागर गरेको छ ।
गत असोज २२ गतेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सरुवा भएका प्रादेशिक अस्पताल जनकपुरका कर्मचारीको व्यवस्थापन अझै गर्न पाएको छैनन् । प्रदेश सचिव पार्वती शर्माले कर्मचारीहरुले आफूलाई नटेरेको गुनासो गरेकी छन् ।

असोज २२ गतेमा सरुवा भएका ४ जनामध्ये ३ कर्मचारीको पदस्थापन भएको छ भने प्रादेशिक अस्पताल जनकपुरका तत्कलिन मेसु समेत रहेका डा.जामुन प्रसाद सिँहले बलपूर्वक कार्य गरेको प्रदेशसचिव शर्माले बताइन् ।
प्रादेशिक अस्पताल जनकपुरबाट सिँहलाई मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ भने प्रादेशिक अस्पतालमा मेसुको रुपमा डा. ईन्द्रजीत कुमार रजकलाई सरुवा गरिएकोमा जामुन प्रसाद सिँहले पद छाडेर जान नमानेपछि मेसुबिहिन भएको बताईएको छ । सचिव शर्माले प्रादेशिक अस्पतालमा अहिले कोही पनि मेसु नरहेको प्रष्टयाईन् ।
सरुवा भएको झण्डै डेड महिना भएपनि डा. जामुन सिँह र डा. ईन्द्रजीत रजकको पदस्थापन नहुँदा प्रादेशिक अस्पताल मेसुविहिन भएको हो । अहिले प्रादेशिक अस्पतालमा निमित्त मेसु राखेर काम चलाउ गरिएको हो ।

डा. जामुन रवाना लिन नचाहेको बताईएको छ भने डा. ईन्द्रजीत रजकले रवाना लिई हाजिर भएपनि जिम्मेवारी भने दिएको छैनन् । प्रदेश सचिव शर्माले यहाँको बेतिथि सुनाउँदै दुवै ठाउँको प्रतिवेदन पेश भई कारवाही प्रक्रियामा रहेको बताईन् ।
यता, डा. जामुन सिँहले आफूलाई मात्र कर्मचारीको रुपमा सरुवा भएपनि निर्देशकको पद यथावत रहेको दाबी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…