देश कालमधेशका मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिँदै
विश्वासको मत लिन मुख्यमन्त्रीले डाक्न लगाएको प्रदेश सभाको बैठक मंगलवार १ बजे बस्ने भनिएको छ । तर त्यस अघि मुख्यमन्त्री यादवले बिहान ८ बजे जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादव लगायतसित छलफल गर्ने कार्यक्रम रहेको उच्चस्रोतले जनाएका छन् । प्रदेश सभा परामर्श समितिको सोमवार भएको बैठकमा प्रदेश सभालाई विजनेश दिन मुख्यमन्त्रीलाई आग्रह गर्नेमा कांग्रेसले जोड दिएको थियो ।
२ वर्ष अगाडि · देश काल









