सप्तरीका एक शिक्षक मृत अवस्थामा फेला, घटना शंकास्पद
सप्तरी घर भएका ठाकूरको मृत्युको कारण अनुसन्धानपछि मात्रै थाहा लाग्ने छ । परिवारका सदस्यले आफूहरुको उपस्थितीमा मात्रै शव सम्वन्धमा अनुसन्धान गर्न भनेकाले थप विवरण वाहिर आउन सकेको छैन् ।

२०७९ असोज १४ शुक्रबार, बिहान ६:४७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको सप्तरी जिल्लाका एक शिक्षक ओखलढुँगामा मृत अवस्थामा फेला परेका छन् ।
चिसंखुगढी वडा नम्बर ४ लेखर्क ओखलढुंगामा कार्यरत सप्तरीका एक शिक्षक मृत फेला परेका छन् ।
स्थानीय कालिका आधारभूत विद्यालयमा कार्यरत शिक्षक दीपक ठाकूर मृत फेला परेका हुन् ।
सुतेकै अवस्थामा मृत फेला परेको भनिएपनि घटना शंकास्पद रहेकाले अनुसन्धानका लागि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव निरीक्षक सुकदेव खनालको टोली पुगेर अनुसन्धान गरिरहेका छन् ।
सप्तरी घर भएका ठाकूरको मृत्युको कारण अनुसन्धानपछि मात्रै थाहा लाग्ने छ । परिवारका सदस्यले आफूहरुको उपस्थितीमा मात्रै शव सम्वन्धमा अनुसन्धान गर्न भनेकाले थप विवरण वाहिर आउन सकेको छैन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…