मधेशका मुख्यमन्त्री यादवले आज चौथो पटक विश्वासको मत लिँदै

२०८१ बैशाख ४ मंगलबार
बिहान ०७:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिने भएको छ । 

संघीय गठबन्धनमा दलहरुको राजनीतिक समिकरण फेरबदल भएपछि मुख्यमन्त्री यादवले मधेश सरकारको लागि विश्वासको मत लिन लागेको हो । यसअघि उनले तीन पटक विश्वासको मत पाईसकेका छन् । 

संघीय गठबन्धनमा फेरबदल भएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रमुख समर्थक दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले चौंथो पटक विश्वासको मत लिन लागेका छन् ।

सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस रहेका छन् । गठबन्धन बाहिरबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि सरकारलाई समर्थन गरिरहेको छ । मधेश प्रदेशमा लोसपाबाट रमेश प्रसाद कुर्मी वन मन्त्री छन् ।

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभामा हाल नेकपा एमालेको २५ , जसपाको १९, लोसपाको ९, माओवादीको ९ र नेकपा एसको ७ जना सभासद रहेका छन् । त्यसैगरि नेपाली कांग्रेसको २२, जनमत पार्टीको १३, नेपाल संघीय समाजवादी पार्टीको १, नागरिक उन्मुक्ति पार्टी (नाउपा) को १ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ रहेका छन् ।

मधेश प्रदेशमा कुल १ सय ७ सभासद रहेका छन् । त्यस मध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा अदालतको फरार सूचीमा रहेका छन् । मुख्यमन्त्री यादवलाई बहुमतका लागि कम्तीमा ५४ जना सभासदको समर्थन चाहिन्छ । एमालेका सभामुख बाहेक २४, जसपाका १९, लोसपाका ८, माओवादीका ९ र एसको ७ गरी ६७ जना सभासदको समर्थन निश्चित नै देखिएको छ । राप्रपा, नाउपा र संघीय समाजवादीको १–१ पनि मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने संभावना रहेको छ ।

विपक्षमा कांग्रेसको २२, जनमतको १३ जनागरि ३५ जना हुने पक्का बुझिएको छ । कांग्रेस र जनमत पार्टीले सरकारलाई दिएको समर्थन गत वर्ष नै फिर्ता लिइसकेका छन् । जनमत पार्टीले सप्तरी जिल्लाको मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास प्रकरणमा भएको घटनाको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रदेश सभाको बैठक यस अघि अवरुद्ध गरेका थिए ।

विश्वासको मत लिन मुख्यमन्त्रीले डाक्न लगाएको प्रदेश सभाको बैठक मंगलवार १ बजे बस्ने भनिएको छ । तर त्यस अघि मुख्यमन्त्री यादवले बिहान ८ बजे जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादव लगायतसित छलफल गर्ने कार्यक्रम रहेको उच्चस्रोतले जनाएका छन् । प्रदेश सभा परामर्श समितिको सोमवार भएको बैठकमा प्रदेश सभालाई विजनेश दिन मुख्यमन्त्रीलाई आग्रह गर्नेमा कांग्रेसले जोड दिएको थियो ।

दलहरु विपक्षमा भएपनि यसअघि मुख्यमन्त्री यादवले थरको आधारमा मत पाउँदै आएका हुन् । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषा प्रहरीले पत्रकार यादवको प्रकरणमा कर्तव्य ज्यानको मुद्दा चलाऔँः प्रेस युनियन

  • २०८१ बैशाख ४ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल प्रेस युनियन धनुषाले पत्रकार विनय कुमार यादवको मृत्यूको घटना शंकाष्पद देखिन थालेको भन्दै गम्भिर छानविनको मांग गरेको छ ।  युनियन धनुषाका सचिव हरिवंश यादवद्वारा जारी विज्ञप्तीमा

पूरा पढ्नुहोस्

Bureau Menus