नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजँग बस्नेत काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित
तरुण दलका नेता कार्यकर्ता र पदाधिकारीहरुको कारण आफू नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित हुन सफल भएको बताउँदै आफू निष्ठा र ईमान्दारितका साथ काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

२०७८ पुस १४ बुधबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको भातृ सँगठन नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जँग बस्नेत पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसको जारी १४ औँ महाविधेशनबाट बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले त्यसको सबै मतदाता, शुभचिन्तकमा आभार प्रकट गरेका छन् ।
तरुण दलका नेता कार्यकर्ता र पदाधिकारीहरुको कारण आफू नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित हुन सफल भएको बताउँदै आफू निष्ठा र ईमान्दारितका साथ काम गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
“नेपाली काँग्रेस र सिंगो देशको राजनीतिक ईतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन आगामी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै संगठनका तर्फबाट थप अतिरिक्त रचनात्मक र अन्य कार्यक्रम गर्न गराउनका लागि नेपाल तरुण दल केन्द्रीय समितिको तर्फबाट परिपत्र गरिन्छ । तपाईहरुले गर्नुभएको कार्यक्रमको विवरण केन्द्रमा जानकारी गर्नका लागि पनि अनुरोध गरिन्छ । साथै नेपाल तरुण दलको वडा ईकाई समिति, गाउँपालिकारनगरपालिका समिति, क्षेत्रिय समिति र जिल्लाका अध्यक्ष ज्यूहरु एवं नेपाल तरुण दलका विभिन्न तह र तप्कामा रहेर जिम्मेवारी निर्वाह गरिराख्नुभएका तरुण साथीहरुले गर्नुभएको साथ, सहयोग र मायाको कारण नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएको छु । तपाईहरुले देखाउनु भएको साथ, सहयोग र मायाका लागि तपाईहरु सबैलाई हार्दिक धन्यवाद दिँदै तपाईहरु प्रति हार्दिक आभारी छु । आगामी दिनमा पनि तपाईहरुको साथ, सहयोग, माया र विश्वासको अपेक्षा गरेको छु । साथै मेरो राजनीतिक जीवनका दुई मुल मर्म निष्ठा र ईमान्दारीतालाई सदैव आत्मसाथ गर्दै अघि बढ्ने प्रण पनि गर्दछु ।”– उनले लेखेको विज्ञप्तिमा उल्लेख छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…