मध्यराती ओली र देउवाबीच सत्ता सहकार्यको सहमति, आलोपालो प्रधानमन्त्री बन्ने 

२०८१ असार १९ मंगलबार
बिहान ०८:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि गठबन्धन गर्ने सहमति भएको छ । गए राति एमाले अध्यक्ष केपी ओली कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो प्रधानमन्त्री बन्ने पनि सहमति जुटेको हो ।

दुई दलबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने गरी सहमति जुटेको हो ।

सहमतिअनुसार ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ।

यस्तै एमालेले कोसी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई दिने ओलीदेउवाबीच सहमति बनेको छ ।

यस्तै दुई दलबीच निर्वाचन प्रणालीलगायतमा संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सहमति पनि भएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

विदेह नगरपालिकाका हाकिमको मानसिक सन्तुलन बिग्रियो : कर्मचारीहरु

  • २०८१ असार १९ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  धनुषाको विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार साहलाई अँकित गर्दै सो नगरपालिकामा काम गर्ने कर्मचारीहरुले उनको मानसिक अवस्था बिग्रेको बताएका छन् ।  कर्मचारीहरुले एक विज्ञप्ति जारी

पूरा पढ्नुहोस्

Bureau Menus