काठमान्डौँबाट जनमत पार्टीका तीन कार्यकर्ता पक्राउ
सोही क्रममा तीन कार्यकर्तालाई पक्राउ गरिएको बताइएको छ ।

२०७८ माघ १५ शनिबार, दिउँसो ४:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । किसान आन्दोलनमा सरिक भएका जनमत पार्टीका तीन कार्यकर्तालाई प्रहरीले आज (शनिबार) पक्राउ गरेको छ ।
किसानको विभिन्न माग लिएर काठमान्डौँमा प्रदर्शन गरेका जनमत पार्टीका कार्यकर्ताहरुमध्ये तीन जनालाई पक्राउ गरिएको जनाइएको छ ।
सो क्रममा जनमत पार्टीका अजय चौधरी, सँजय मण्डल र हरेन्द्र चौधरीलाई काठमान्डौँमा नेपाल प्रहरीले पक्राउ गरेको हो । उनीहरुले किसानको माग राख्दै माईतीघर मण्डलामा प्रदर्शन गर्दा पक्राउ परेको जनाइएको छ ।
किसानको परिचय पत्र हुनुपर्ने, सिँचाईको लागि बिजुली निःशूल्क हुनुपर्ने, मलखाद समयमै उपलब्ध हुनुपर्ने लगायतका मागहरु राख्दै मधेश प्रदेश सहित विभिन्न ठाउँमा किसानहरुले आन्दोलन थालेको छ ।
किसानहरुको आन्दोलनलाई डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नेतृत्व गरिरहेको छ । सोही क्रममा तीन कार्यकर्तालाई पक्राउ गरिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…