सिरहाको मतदानस्थलहरुमा प्रहरीको 'डग टोली' परिचालन, सुरक्षा चुस्त
शुक्रबार विहान ७ बजेदेखि नै मतदान कार्यक्रम सुरु हुनेछ भने साँझ ५ बजेसम्म मतदान हुनेछ ।

२०७९ बैशाख २९ बिहीबार, बेलुकी ५:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित सिरहा प्रहरीले मतदान स्थलहरुमा तालिम प्राप्त कुकुरले सुरक्षा मुवायना गरेको छ ।
भोली बैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तह निर्वाचनको लागि सिरहामा तोकिएको मतदान केन्द्रहरुको आसपासमा सुरक्षा व्यवस्था चुस्त बनाईएको प्रहरी प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।
विहिबार बिहानैदेखि मतगणनास्थलमा तालिम प्राप्त कुकुर लिएर ठाउँको चेकजाँच कडा रुपले गरिएको हो । मतदाताको सुरक्षाको जिम्मेवारी बहन गर्ने प्रहरीले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताइएको छ ।
शुक्रबार विहान ७ बजेदेखि नै मतदान कार्यक्रम सुरु हुनेछ भने साँझ ५ बजेसम्म मतदान हुनेछ । सो अवधीलाई एकदमै संवेदनशील अवधी मानिन्छ ।
उम्मेदवारहरुले मतदातालाई धम्काउने, लोभ लालच दिने, हप्काउने, जोर जबरदस्ती गर्ने, प्रभावित पार्ने, डर, त्रास देखाउने जस्ता कार्यलाई शून्य गर्नको लागि सिरहा प्रहरीले पूर्ण रुपमा तयार रहेको डिएसपी बुढाथोकीले दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…