ब्यूरो-रिपोर्टरपरिक्रमाको धार्मिक लस्कर आज जनकपुर आउँदै, भोली अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने
परिक्रमामा सहभागीहरुका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पन्ध्रवटै विश्रामस्थलमा विजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ। परिक्रमावासीहरु राति गाउँभन्दा टाढा खुला चौर, बगैचा वा पोखरीको डिलमा विश्राम गर्छन्। स्थानीय बासिन्दाहरुले पनि सहभागीहरुका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन्। सहभागीहरु दिनभरी यात्रा गर्छन् र भजनकिर्तन तथा सत्संग गरेर रात बिताँउछन्।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











