जनकपुरधामका मेयर साह बने 'महामुर्ख'
सञ्चारकर्मी ऋषि धमलालाई पटमुर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढाशंकर, व्यवसायी बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख र मोनाष्टिक माध्यमिक विद्यालयका निर्देशक डा। सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधी प्रदान

२०७९ फागुन २४ बुधबार, बिहान ९:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष मनाइने होरी महोत्सव अन्तर्गतको महामुर्ख सम्मेलनमा जनकपुरधामका मेयर मनोज साह महामुर्खको उपाधी पाएका छन् ।
मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलन अनतर्गत यस वर्षको महामूर्खको उपाधि नगरप्रमुख साहलाई प्रदान गरिएको छ । नगरप्रमुख साहलाई महामूर्खको उपाधी स्वरुप लाटोकोसेरो (उल्लु) को मुकुट लगाईएको थियो ।
मंगलबार जानकी मन्दिरको प्राङ्गणमा आयोजित महामूर्ख सम्मेलनमा महामूर्ख मेयर साहसहित अन्य १३ जनालाई विभिन्न उपाधिहरु प्रदान गरिएको छ ।
सञ्चारकर्मी ऋषि धमलालाई पटमुर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढाशंकर, व्यवसायी बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख र मोनाष्टिक माध्यमिक विद्यालयका निर्देशक डा। सोनुकुमार साहलाई बज्रकिट लगायतको हास्यास्पद उपाधी प्रदान गरिएको थियो ।
मिथिला नाट्यकला परिषद् ९मिनाप०ले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…