जउवा सँघको चुनावमा "निरज" को चर्चा
जनकपुरधाम, २७ पुस । यही शनिबार पुस २९ गते हुन गइरहेको जनकपुर उद्योग वाणिज्य सँघको चुनावले जनकपुरको माहौल तातिएको छ । जनकपुर अहिले व्यापारी, व्यवसायीहरुको चुनावी माहौलमा रँगिएसँगै विभिन्न पदबालाहरुको बोलबाला देखिएको छ । यसैबीच, व्यावसायीहरुको माझ जनकपुरमा निकै कम समयमा आफनो पहिचान स्थापित गर्न सफल नि

२०७४ पुस २७ बिहीबार, राति १०:३४ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २७ पुस ।
यही शनिबार पुस २९ गते हुन गइरहेको जनकपुर उद्योग वाणिज्य सँघको चुनावले जनकपुरको माहौल तातिएको छ ।
जनकपुर अहिले व्यापारी, व्यवसायीहरुको चुनावी माहौलमा रँगिएसँगै विभिन्न पदबालाहरुको बोलबाला देखिएको छ ।
यसैबीच, व्यावसायीहरुको माझ जनकपुरमा निकै कम समयमा आफनो पहिचान स्थापित गर्न सफल निरज कुमार साह (मुन्ना) समेत अत्यधिक चर्चामा देखिएको छ ।
सँघको नयाँ कार्यसमितिको चुनावमा कार्यकारिणी समितिको सदस्यमा उम्मेदवारी दिएका निरजको चर्चा व्यापारीहरु माझ पकड बनाउन सफल भएको छ ।
सधै व्यवसायीहरुको हकहित र जनकपुरका दिग्गज व्यापारीहरुको हृदयमा घर बनाउन सफल निरज यसपालीको कार्य समितिको चुनावमा फड्को मार्ने अवस्था जाहेर देखिएको छ ।
हुनतः चुनावी माहौलमा अनुमान लगाउन कठिन भएपनि निरजको बोलबाला पनि उत्तिकै चढेको देखिएको छ ।
क्रम सँख्या १२ मा उम्मेदवारी दिएका निरज बजारमा अहिले लोकप्रिय बन्दै गएको छ ।
न्युज ब्युरोसँग कुरा गर्दै युवा व्यवासायी निरज साहले विगतको छवी र वर्तमानले दिएको दिग्गजहरुको आर्शिवाद आफूसित कायम छ, व्यापारीहरुलाई कहिले पनि आफूसित मनमुटावको मौका नदिएकै कारण आज व्यापारीहरुले आफूलाई भाईचाराको दृष्टिकोणले मत पाउने प्रबल सम्भावना मात्र होइन, यो विश्वास हो । उनले भने ।
विभिन्न समयमा व्यावसायीहरुको छाता सँगठन उद्योग वाणिज्य सँघ जनकपुरमा देखिएको विगतका त्रुटीहरुलाई निर्मूलीरण गर्ने पाक उदेश्यका चुनावमा भाग लिएको उनले थपे ।
उनले भने, यसपालीको नयाँ कार्य समितिबाट युवा नेतृत्वको अति आवश्कता र समयको माग सँगै परिवर्तनको लागि आफनो उम्मेदवारी अपरिहार्य रहे जस्तै जनकपुरका व्यापारीहरुको सहि मत पनि आफनो लागि अपरिहार्य रहेको बताए ।
व्यवसायलाई वैज्ञानिकीकरणको लागि अघि देखि नै आफनो योजना रहेको भन्दै कार्य समितिमा चयनपछि त्यो फार्मुला लगत्तै लागू गर्ने प्रतिवद्धता जनाए ।
#Promotional_Post
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…