शहिदनगरको आठौँ नगरसभा सम्पन्न, कार्यसँचालन शिघ्र हुने प्रतिवद्धता
नगरसभाको क्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने कार्यालयको तहगत कर्मचारीहरुको सेवासुविधा र उत्तम कार्यसँचालनको लागि अग्रसर हुने बताए । भौतिक पूर्वाधार निर्माणका कार्यहरुलाई यथाशिघ्र सँचालन गर्ने उनले बताए ।

२०७९ माघ २३ सोमबार, बेलुकी ६:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको आठौँ हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
सोमबार नगर प्रमुख दिनेश प्रसाद यादवको प्रमुख आतिथ्य तथा प्रमुख प्रशासकीय अधिकृत सावन चौधरीको विशिष्ट आतिथ्यमा आठौँ हिउँदे नगरसभा सम्पन्न भएको हो ।
सातौँ नगरसभाबाट पारित गरिएको विकासे बजेटहरुलाई निरन्तरतासहित आवश्यक थप योजनाहरुमा काम गर्ने गरी आठौँ नगरसभा सम्पन्न गरेको हो ।
सो क्रममा बोल्दै मेयर यादवले यस नगरसभापछि विभिन्न वडामा विकास निर्माणको कार्यहरु समेत अगाडी बढने बताए । उनले जनभावना बमोजिमको योजनाहरु थपघट गरी कार्य सँचालन गरिने बताए ।
नगरसभाको क्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने कार्यालयको तहगत कर्मचारीहरुको सेवासुविधा र उत्तम कार्यसँचालनको लागि अग्रसर हुने बताए । भौतिक पूर्वाधार निर्माणका कार्यहरुलाई यथाशिघ्र सँचालन गर्ने उनले बताए ।
उपभोक्ता समितिहरु मार्फत हुने कार्यको लागि उनीहरुलाई अभिमुखिकरण मार्फत कार्य गराउने उनल थपे । शून्य बेरुजुलाई ध्यानमा राखी काम गर्ने उनले बताए ।
आठौँ हिउँदे नगरसभामा उपमेयर सुनिता सिँह, शिक्षा शाखा प्रमुख विश्वनाथ यादव, विभिन्न वडाका वडाध्यक्षहरु,नगरपालिकाको कर्मचारीहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…