घरायसी प्रयोजनको समानमा प्रहरीले पैसा माग्ने प्रवृति परास्त गर्छुः एसपी खड्का
प्रहरी उपरीक्षक खड्काले भारतीय सीमावर्ती बजारबाट घरायसी प्रयोजनका लागि ल्याउने व्यक्तिहरूसँग प्रहरीले रकम माग्ने प्रवृत्तिलाई पूर्ण रुपमा दुरुत्साहन गर्ने पक्षमा आफू अगाडी बढ्ने भन्दै बरु सो रकमलाई कसरी राजश्वमा ल्याउने विषयमा पहल गर्ने बताए ।

२०७९ पुस १९ मंगलबार, बेलुकी ६:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा काज सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले सीमा क्षेत्रबाट प्रहरीको सेटिङ्गमा हुने गरेको तस्करी नियन्त्रण पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको कार्यभार ग्रहण गरेको १० दिनमा पत्रकारहरू सँगको अन्तरक्रियामा खड्काले प्रहरीको सेटिङ्गमा हुने गरेको तस्करीबारे आफूले पनि सुनेकाले त्यसलाई तोड्ने बताए ।
प्रहरी उपरीक्षक खड्काले भारतीय सीमावर्ती बजारबाट घरायसी प्रयोजनका लागि ल्याउने व्यक्तिहरूसँग प्रहरीले रकम माग्ने प्रवृत्तिलाई पूर्ण रुपमा दुरुत्साहन गर्ने पक्षमा आफू अगाडी बढ्ने भन्दै बरु सो रकमलाई कसरी राजश्वमा ल्याउने विषयमा पहल गर्ने बताए ।
उपरीक्षक खड्काले ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी प्रमुखसँग कुराकानी भई व्यवस्थापनको सुरुआत रामानन्द चौकबाट भएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…