मधेशमा २ दिन होली
प्रदेशको अस्थायी राजधानी जनकपुरमा भने भोली बुधबार मात्र होली मनाइने भएको छ ।

२०७६ फागुन २७ मंगलबार, बिहान १०:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उल्लास र रँगको पर्व मानिएको होली पर्व मनाउनेमा यसपाली तीन मत भएको छ । देशको राजधानी सहित पहाडी भेकमा सोमबार नै मनाइएको छ ।
यस्तै, जनकपुरमा भने बुधबार मात्र होली पर्व मनाइने भएको छ । त्यही गाउँतर्फ भने होली पर्व आजै मनाउने भएको छ । होली पर्वलाई आफू अनुकुल मनाउन लागिएको देखिएको छ ।
पञ्चाँग र क्यालेण्डरले उपत्यकामा सोमबार तथा तराई मधेशमा मँगलबार होली पर्व उल्लेख गरेपछि जनकपुरमा बुधबार तथा त्यही आसपासका क्षेत्रमा भने आजै मनाउन थालिएको हो । यस हिसाबले तराई मधेशमा यसपाली पनि दुई दिने होली मनाइने भएको छ ।
मँगलबार पशुपंक्षीलाई काट, मार, वध नगर्ने भन्दै जनकपुरकै केही समुदायले आफूखुसी होली मनाउने भएको छ । त्यही ग्रामिण भेकमा होली भने कलेण्डर अनुसार नै प्रत्येक वर्ष मनाउँदै आएको छ ।
धनुषा लगायत प्रदेशका अन्य जिल्लाहरुको ग्रामिण भेकमा आजै होली पर्व मनाइदैछ भने प्रदेशको अस्थायी राजधानी जनकपुरमा भने भोली बुधबार मात्र होली मनाइने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…