मिर्चैयामा योगको लहर, पाँचदिने नि:शुल्क योग बिज्ञान शिविर सम्पन्न
बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १४ चैत्र । मानव जीवनलाई स्वास्थ र स्फुर्त एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उद्देश्यले पतञ्जली योग समिति मटियर्वाद्वारा आयोजित गरिएको पाँचदिने नि:शुल्क योग बिज्ञान शिविर सम्पन्न भएको छ । 'यहाँ घर-घरमा योग' 'योग गरौं, निरोग रहौं’ लगायतका नाराका साथ मिर्चैया

२०७४ चैत १४ बुधबार, बिहान ९:४५ बजे२ मिनेट पढाइ

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, १४ चैत्र । मानव जीवनलाई स्वास्थ र स्फुर्त एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उद्देश्यले पतञ्जली योग समिति मटियर्वाद्वारा आयोजित गरिएको पाँचदिने नि:शुल्क योग बिज्ञान शिविर सम्पन्न भएको छ ।
'यहाँ घर-घरमा योग' 'योग गरौं, निरोग रहौं’ लगायतका नाराका साथ मिर्चैया नगरपालिका वडा नम्बर ६ मा अवस्थित श्री प्राथमिक विद्यालय मटियर्वाको प्राङ्गणमा पाँच दिवसीय योग शिविर सञ्चालन भएको थियो ।

गत शनिबारदेखि बुधबारसम्म चलेको सो शिविरमा हस्त मुद्रामा आधारित योग अभ्यासको प्रशिक्षण गराइएको थियो । योग शिविर विहान ४:३० देखि ६:३० बजेसम्म सञ्चालन भएको थियो ।
योग शिविरमा पतञ्जली योग समिति नेपालका सगरमाथा अञ्चल प्रभारी एवम् वरिष्ठ योग प्रशिक्षक मिस्टर प्रसाद चौधरी र सप्तरीका वरिष्ठ योग प्रशिक्षक सुवेश चन्द्र दासले योग प्रशिक्षण दिएका थिए ।
मानव जीवनलाई स्वस्थ्य र स्फूर्त रहन तथा रोगबाट मुक्ति पाउने साधना स्वरूप आयोजन गरिएको योग बिज्ञान शिविरमा गुरुत्व, मानव शरिर, आत्मा, परमात्मा, सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृतसञ्जीवनी मुद्रा र गहन चिकित्सा उपचार योगको अभ्यास गराइएको थियो ।
उत्साहजनक रुपले योगाभ्यास शिविरमा मानिसहरुको सहभागी रहेको आयोजकले बताएका छन् । कार्यक्रमको अन्त्यमा हवन गरेर कार्यक्रम समापन गरिएको थियो ।

शिविर समापन कार्यक्रममा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ 'क' को प्रदेशसभा सदस्य दिलिप कुमार साह, मिर्चैया नगर उपप्रमुख जिबछी देवी साह, पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, योग समिति मटियर्वाका अध्यक्ष पशुपति यादव, पतञ्जली योग समितिका जिल्ला अध्यक्ष डा. बिपी चौधरी, सदस्य बिरेन्द्र मरिक यादव, महामन्त्री बलदेव यादव, केन्द्रिय सदस्य हरिहरलाल चौधरी, योग समिति मिर्चैयाका उपाध्यक्ष भरत महासेठ, मन्त्री संतोष महतो, सल्लाहकारहरु प्रदीप तिवारी, रामनाथ यादव र सिकिया यादव, सदस्यहरु किशोरी साह, रामप्रताप यादव, प्रमोद साह, रिना ठाकुर लगायत अन्य संस्थाका विशिष्ट व्यक्तित्व, विभिन्न विद्यालयका छात्रछात्रा, शिक्षक, स्थानीय व्यापारी, युवा, युवती, गृहणी, बुद्धिजीवी, नागरिक समाज, स्थानीयबासी, संचारकर्मी लगायतका उल्लेखनीय सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…