समग्र जन उत्थान केन्द्रको नयाँ नेतृत्व चयन
सभाले केन्द्रलाई प्रभावकारी सञ्चालन गर्नका लागि आवश्यक सल्लाह सुझावका लागि संस्थाका संस्थापक सदस्य जया घिमिरे, मुक्ति यादव, बाबुनाथ यादव र विजय कुमार श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।

२०७८ माघ २३ आइतबार, राति ८:०४ बजे१ मिनेट पढाइ

विजय साह, लहान । मानव अधिकारको क्षेत्रमा क्रियाशिल संस्था समग्र जन उत्थान केन्द्र लहानको नयाँ नेतृत्व चयन भएको छ ।
शनिवार सिरहाको लहानस्थित प्यासिफिक होटलमा सम्पन्न केन्द्रको १९ औ वार्षिक साधारणसभा तथा सातौ अधिवेशनले सर्वसहमत रुपमा रामभरोसी महतोलाई अध्यक्षमा चयन गर्दै नौ सदस्य नयाँ कार्य समिति चयन गरेका छन् ।
समितिको उपाध्यक्षमा अनिता चौधरी, सचिवमा मुन्द्रिका मण्डल र कोषाध्यक्षमा मदनकुमार मण्डललाई चयन गरेको छ । यसैगरी सदस्यमा भैरवप्रसाद गेलाल, सुरेन्द्र कुमार श्रेष्ठ, चुनु चौधरी, विनिता बराइली चयन भएको निर्वाचन मण्डलका अध्यक्ष बाबुनाथ यादवले जानकारी दिनुभयो ।
वहाँका अनुसार चयन भएको कार्यसमितिको पहिलो बैठकबाट थप एक जना कार्यसमिति सदस्य चयन गर्नेछ ।
यसैगरी सभाले केन्द्रद्धारा सञ्चालित सामुदायिक रेडियो समग्र एफ।एम। १०७ मेगाहर्जलाई प्रभावकारी तरिकाले सञ्चालन गर्नका लागि संस्थाका पूर्व अध्यक्ष सुनिल कुमार साहको संयोजकत्वमा तीन सदस्य रेडियो व्यवस्थापन समिति समेत चयन गरेको छ ।
सो समितिका सदस्यमा अनिता चौधरी र अनुज राउत सर्वसहमत रुपमा चयन भएका छन् ।
सभाले केन्द्रलाई प्रभावकारी सञ्चालन गर्नका लागि आवश्यक सल्लाह सुझावका लागि संस्थाका संस्थापक सदस्य जया घिमिरे, मुक्ति यादव, बाबुनाथ यादव र विजय कुमार श्रेष्ठलाई सल्लाहकारमा चयन गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…