गाउँ / समाजचोरीको तीन घण्टा नबित्दै मोटरसाईकलसहित दुई चोर पक्राउ
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डीएसपी) रबिन्द्र राज पाण्डेयका अनुसार शुक्रवार बेलुका कारीब ८ः३० बजेको समयमा बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ स्थित लक्ष्मीपुर चौकको मोटर साईकिल मर्मत सेन्टरबाट स ६ प १५८२ नम्बर प्लेट भएको आर वन फाइब नामक यामाहा कम्पनीको मोटरसाईकिल चोरी भएको सूचना तत्काल प्रहरीलाई जानकारी प्राप्त भए पश्चात ईप्रका बिष्णुपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) बैधनाथ दासको कामाण्डमा खटिएको प्रहरी टोलीले चोरी घटनाको तीन घण्टा नबित्दै मोटरसाईकिल सहित उनीहरुलाई कल्याणपुर नगरपालिका वडा नं. १ स्थित भोक्रहाबाट नियन्त्रण लिएको बताए ।
२ वर्ष अगाडि · गाउँ / समाज










