घाटबाट फर्किने बेला गाडीले ठक्कर दिँदा छठ व्रतालुको मृत्यू, प्रहरी हबल्दार घाईते
महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा त्यही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हबलदार सुबोधकुमार यादव घाइते भएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । बायाँ खुट्टा भाँचिएका हबलदार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ ।

२०८० मंसिर ५ मंगलबार, बिहान ६:३१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिदै घाटबाट फर्किने बेलामा गाडीले ठक्कर दिँदा एक व्रतालु महिलाको मृत्यू भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ९ नोचामा सोमबार बिहान गाडीले ठक्कर दिँदा एक छठ व्रतालु महिलाको मृत्यु भयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिए ।
नोचामा रहेको छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गर्नुभएकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।
महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा त्यही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हबलदार सुबोधकुमार यादव घाइते भएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । बायाँ खुट्टा भाँचिएका हबलदार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ ।
सडक छेउमा रोकिराखेको बाग्मती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पुर्याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…