डेरीमा चोरी, दुई चोर पक्राउ
पक्राउ पर्ने विदेह नगरपालिका वडा नम्बर ३ कर्माहीका १८ बर्षको अजय मण्डल र २० बर्षको बिरेन्द्र कुमार राय रहेका छन् । उनीहरुलाई दुहवी प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको हो ।

२०८० मंसिर ६ बुधबार, बेलुकी ६:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती एक डेरी उद्योगमा चोरी भएको छ । धनुषाको विदेह नगरपालिका वडा नं. २ स्कूल चोकस्थित रहेको डेरीमा चोरी भएको हो ।
चोकमा रहेको दुवाशा लक्ष्मी डेरी उधोगमा चोरी भएको प्रहरीले जनाएको छ । डेरीको झ्याल फोडि तीस हजार रुपैयाँ चोरी गरि दुई चोर पक्राउ परेको छ ।
पक्राउ पर्ने विदेह नगरपालिका वडा नम्बर ३ कर्माहीका १८ बर्षको अजय मण्डल र २० बर्षको बिरेन्द्र कुमार राय रहेका छन् । उनीहरुलाई दुहवी प्रहरीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…