ओरकेष्ट्रामा काम गर्न घरबाट भागेकी पाँचै किशोरी ढल्केवरमा फेला, अभिभावकलाई जिम्मा 

२०८० कार्तिक २४ शुक्रबार
बिहान ०९:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  महोत्तरीबाट सम्पर्कविहीन भएका पाँचै जना किशोरी फेला परेका छन् । धनुषाको ढल्केवरस्थित चोकमा उनीहरु फेला परेको प्रहरीले जनाएको छ ।

औरही नगरपालिका वडा नम्बर २ स्थित फूलवरिया गाउँका पाँचै जना किशोरी मंगलबार दिउँसोदेखि सम्पर्कविहीन थिए । फेला परेका पाँचै जना किशोरीलाई अभिभावकको जिम्मा लगाइ घर पठाइएको छ ।

महोत्तरीको औरही नगरपालिका २ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया सङ्गीता सदा, १५ वर्षीया राजन सदा, २० वर्षीया रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरीका अनुसार ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म घर नफर्केपछि परिवारजनले जानकारी गराएका थिए ।

सम्पर्कविहीन रहेको किशोरीहरूको खोजतलासको क्रममा ढल्केवरमा फेला परेको पछि उनीहरुलाई इलाका प्रहरी कार्यालय गौशला महोत्तरीलाई जिम्मा लगाइएको थियो । किशोरीहरु घरबाट अर्केस्ट्रामा काम गर्ने भनी घरमा कसैलाई जानकारी नदिइ सिरहाको मिर्चैया पुगेका थिए । उनीहरुले मोबाइलमा टिकटकबाट अर्केस्ट्राको पोस्टर हेरेर त्यहाँबाट नम्बर लिइ फोन गरेर ढल्केबर पुगेका थिए । उनीहरुलाई अर्केस्ट्राका व्यक्तीले ढल्केवरबाट सिरहाको मिर्चैया लगेका थिए ।

त्यहाँ पुगे पछि किशोरीहरुलाई बुबा आमाको माया र याद आए पछि काम नगर्ने भन्न थालेपछि अर्केस्ट्राको व्यक्तिले पुनः उनीहरुलाई मिर्चैयाबाट घर फिर्ता पठाई दिएका थिए । सोही क्रममा उनीहरु ढल्केवर पुग्दा प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौशालालाई जिम्मा लगाएको थियो ।

गौशलाका प्रहरी निरीक्षक मनोज यादवलगायत अधिकारकर्मी तथा संचारकर्मीहरुले किशोरीहरुलाई काउन्सिलिङ गरी अभिभावकको जिम्मा लगाएका थिए । महोत्तरीमा यसअघि दुई पटक किशोरीहरू समूह बनाएर घरबाट हिँडेपछि प्रहरीले उद्धार गरेको थियो ।

  • 7%
  • 17%
  • 1%
  • 0%
  • 5%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०८० कार्तिक २४ शुक्रबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus