सप्तरी महोत्सवमा अश्लिल नचनियाँ नाच नचाउन खोज्दा कुटाकुट, रँगशाला बन्यो रणभूमि 

२०८० कार्तिक २६ आइतबार
बिहान ०८:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज । छिन्नमस्ता भगवतिको भूमि भनिएको मधेश प्रदेशको सप्तरी राजविराजमा आयोजना गरिएको सप्तरी महोत्सवमा अश्लिल नाच नचाउन खोज्दा कुटाकुट भएको छ । 

सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरिएको सप्तरी महोत्सवको नाममा अश्लिल नाच नचाउन खोज्दा कार्यक्रम स्थलमा ढुँगामुढा गरिएको हो । सो क्रममा कैयौँ जना घाईते भएका छन् । 

यसअघि विभिन्न प्रकारको अश्लिल खालको नचनियाँहरु नचाएका सप्तरी युथ नामक सँस्थाले राजविराजको गौरव भूमिका अपवित्र गरेको टिकाटिप्पणी भईरहेको बेला नचनियाँ प्रिति पासवानलाई नचाउन खोज्दा कुटाकुट भएको हो । 

महोत्सवको नाममा अश्लिल ओरकेष्ट्रा नचाउँदै आएका आयोजकले शनिबार नचनियाँ प्रिति पासवान र उनको नचनियाँ टोलीको प्रस्तुति रहेको थियो । सो कार्यक्रममा आयोजकले दर्शकहरुलाई छेक्न खोजेपछि रक्सी, मधपानले मातेका केही दर्शकहरुले बितण्डा मचाउन सुरु गरेका थिए । 

आयोजकले दर्शकहरुको लागि केही गेट खोलेपछि अत्यधिक चाप र मातेका दर्शकहरुको उच्छृँगलताले कुटाकुट भएको हो । कार्यक्रमस्थलमा नचनियाँको टोली आउनु भन्दा अगाडी नै दर्शकहरुले ढुँगामुढा सुरु गरेको थियो । सो क्रममा कैयाँै दर्शकलाई आयोजक कमिटिका स्वयँसेवकहरुले निर्घात कुटपिट गरी घाईते बनाएको हो । 

ढुंगामुढा भएपछि प्रहरी र महोत्सव समिति उग्र बन्यो । उनीहरू अन्धाधुन्ध लाठी वर्षाएको एक दर्शकले बताए ।

उनका अनुसार महोत्सव समितिका व्यक्तिहरू पनि प्रहरी जस्तै लाठी (भाटा) बोकेका थिए । समितिका व्यक्तिहरू कैयौँ दर्शकलाई निर्ममतापूर्वक कुटेका छन् ।

ढुंगामुढा र कुटपिटपछि नचनिया पासवानको कार्यक्रम स्थगित गरिएको थियो । दर्शकको भीडले भने स्टेज र कुर्सीहरू पनि तोडफोड गरेका छन् ।

  • 7%
  • 13%
  • 7%
  • 7%
  • 0%
  • 0%

धनुषा निर्वाचन क्षेत्र नं. २ काँग्रेसको क्षेत्रीय सभापतिमा गोहिबार, शिवधारीदेखि प्रसैलासम्म महासमिति सदस्यमा निर्वाचित

  • २०८० कार्तिक २६ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नविन गोहिबार (यादव) निर्वाचित भएका छन् ।  शनिबार विदेह नगरपालिकाको नमुना विद्यालयमा भएको मतदान सम्पन्नपछि अबेर राती भएको मतगणनाबाट

पूरा पढ्नुहोस्

Bureau Menus