गाउँ / समाजनदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी
न्यूज ब्यूरो, जनकपुरधाम । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्। मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने तथा पौडी खेल्ने क्रममा स्थानीय तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
३ महिना अगाडि · गाउँ / समाज











