रास्वपा सांसद नरेन्द्र साहविरुद्ध युवाहरूको आक्रोश, ‘चोर–दलाल’ भन्दै नाराबाजी
यस घटनाले रास्वपाभित्रै स्थानीय युवा कार्यकर्ता र निर्वाचित सांसदबीच असन्तुष्टि बढेको देखाएको छ । घटनाबारे सांसद साहको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।

२०८३ मंसिर १ मंगलबार, बेलुकी ५:५७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद नरेन्द्र साहविरुद्ध सर्लाहीमा युवाहरूले आक्रोश व्यक्त गरेका छन् । सर्लाही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद साहलाई युवाहरूले ‘चोर–दलाल’ भन्दै नाराबाजी गर्दै विरोध गरेका हुन् ।
सर्लाहीको चक्रघट्टामा सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा भएको कार्यक्रममा युवाहरूले सांसद साहप्रति असन्तुष्टि जनाएका हुन् । पार्टीका स्थानीय युवा नेता तथा कार्यकर्ताहरूले आफूहरूलाई बेवास्ता गर्दै पुरानै राजनीतिक समूहसँग सांसद साहले निकटता बढाएको आरोप लगाएका छन् ।
युवाहरूले परिवर्तन, सुशासन र पारदर्शिताको नारा दिएर राजनीतिमा आएको रास्वपाले स्थानीय स्तरमा पुरानै राजनीतिक प्रवृत्तिलाई निरन्तरता दिन नहुने बताएका छन् ।
उनीहरूले चक्रघट्टा कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभएको भन्दै स्थानीय युवा तथा कार्यकर्तालाई राजनीतिक गतिविधिमा सहभागी गराउन माग गरेका छन् ।
सांसद साहलाई लक्षित गर्दै युवाहरूले दलाली र व्यक्तिगत स्वार्थभन्दा विकास तथा पारदर्शितालाई प्राथमिकता दिन चेतावनीसमेत दिएका छन् ।
यस घटनाले रास्वपाभित्रै स्थानीय युवा कार्यकर्ता र निर्वाचित सांसदबीच असन्तुष्टि बढेको देखाएको छ । घटनाबारे सांसद साहको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…