सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, चालक फरार
दुर्घटनापछि ट्रकचालक फरार भएका छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

२०८३ कार्तिक १९ बिहीबार, बेलुकी ५:०६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब १० बजे सिरहा नगरपालिका–११ स्थित भलुवाही सडकखण्डमा नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना१घ ५५३ नम्बरको ट्रक र स९प ७६५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकलमा सवार नामथर र ठेगाना नखुलेका दुई पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्याइएकोमा चिकित्सकले बिहान १०ः२५ बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि ट्रकचालक फरार भएका छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका दुवै जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…