लालबकैया नदीमा डुबेर बेपत्ता तीन बालबालिकामध्ये दुईको शव फेला
खोजी गर्ने क्रममा दुई बालबालिकाको शव नदीबाट फेला परेको हो । बेपत्ता रहेका अर्का बालबालिकाको खोजी कार्य सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले जारी राखेको जनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

२०८३ साउन २७ बुधबार, बेलुकी ५:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिया नजिकै लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।
गाउँ नजिकैको नदीमा नुहाउन गएका तीन बालबालिका एक्कासि गहिरो पानीमा डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएलगत्तै सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले खोजी थालेको थियो ।
खोजी गर्ने क्रममा दुई बालबालिकाको शव नदीबाट फेला परेको हो । बेपत्ता रहेका अर्का बालबालिकाको खोजी कार्य सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले जारी राखेको जनाइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…