गाउँ / समाजजनकपुरः १० किलो बढी गाँजासहित ४ युवक पक्राउ
विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवर र लागूऔषध ब्यूरो जनकपुरधामबाट खटिएको संयुक्त टोलिले शुक्रबार बिहान साढे १० बजे धनुषाको मिथिला नगरपालिका वडा नम्बर–१० लालगढपश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–२–०३–००७प ८५४१ र ज ४ प ७७३३ नम्वरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोराभित्र लुकाई छिपाई ल्याइरहेको अवस्थामा गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज











