भेटिएकी २ महिने वालिका ईश्वरको संरक्षणमा
जलेश्वर, २१ माघ । अलपत्र अवस्थामा भेटिएकी २ महिने बालिका ईश्वरको संरक्षणमा पलाइरहेकी छन् । महोत्तरीको औरही नगरपालिका वडा नं. १ स्थित बेवारिसे अवस्थामा फालिएको ती बालिकालाई पालनपोषण गर्ने जिम्मेवारी स्थानीय ईश्वर लहेडीले प्राप्त गरेका छन् । मजदुरी गरी दुईछाक खान पाउने लहेडीले आफनो परिवारमा एक बालिकाल

२०७४ माघ २१ आइतबार, राति ८:५२ बजे१ मिनेट पढाइ

जलेश्वर, २१ माघ ।
अलपत्र अवस्थामा भेटिएकी २ महिने बालिका ईश्वरको संरक्षणमा पलाइरहेकी छन् ।
महोत्तरीको औरही नगरपालिका वडा नं. १ स्थित बेवारिसे अवस्थामा फालिएको ती बालिकालाई पालनपोषण गर्ने जिम्मेवारी स्थानीय ईश्वर लहेडीले प्राप्त गरेका छन् ।
मजदुरी गरी दुईछाक खान पाउने लहेडीले आफनो परिवारमा एक बालिकालाई स्थान समेत दिएका छन् ।
गत शनिवार राति बाटोमा अलपत्र अवस्थामा भेटिएकी २ महिनाकी सो वच्चालाई संरक्षण गर्ने जिम्मेवारी प्रहरीले औरही नगरपालिका १ का ३५ बर्षिय लहेडीलाई दिएको हो ।

सडकमा फालिएको वच्चा सुचना आफुले प्रहरीसमक्ष गरेकोले प्रहरीले सौभाग्य स्वरुप आफुलाई नै सो वच्चाको संरक्षण गर्ने जिम्मेवारी सुम्पिएको लहेडीले बताए ।
वच्चाको पालनपोषण गर्नका लागि कुनै समस्या छैन तर आफुसँग आर्थिक अवस्था कमजोर रहेको ती बालिका ठूलो भएपछि विवाह गर्ने चिन्ताले सताईरहेको लहेडीले गुनासो पनि पोखे ।
सँचारकर्मीहरुसँग कुराकानी गर्दै लहेडीले भने, –“आफुसँग दुईवटी श्रीमती, १ छोरी र २ छोरा भएतापनि प्रहरीले गरेको अनुरोधलाई स्वीकार गर्दै आफुले केही दिनको लागि मात्र ती वालिकालाई शरणमा लिएको हो ।”
अलपत्र अवस्थामा सडकको छेउमा वच्चा रोईरहेको आवाज सुनेपछि कामबाट घरतर्फ फर्किदै गएको लहेडीले प्रहरीको सहयोगमा ती वच्चालाई उद्धार गरेका थिए ।
यता, बालिकाको अभिभावकको खोजि भइरहेको छ । र बालिकालाइ किन् फालेको हो भन्ने विषयमा खोजि भइरहेका अस्थाई प्रहरी चौकी औरहीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…