धनुषाको शंकरपुरमा समाजिक कुरिति नियन्त्रण गर्न तालिम सुरु
न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ शंकरपुरमा समाजिक कुरिति नियन्त्रण सम्बन्धि ३ दिने तालिम सुरु भएको छ । गैर सरकारी सँस्था उज्यालो नेपालको आयोजना तथा गणेशमान चारनाथ नगरपालिकाको सहयोगमा शुक्रबारदेखि सुरु भएको उक्त तालिम कार्यक्रममा समाजमा हुने कुरिति र त्यसका तत्वहरु नि

२०७५ फागुन १० शुक्रबार, राति ९:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ शंकरपुरमा समाजिक कुरिति नियन्त्रण सम्बन्धि ३ दिने तालिम सुरु भएको छ ।
गैर सरकारी सँस्था उज्यालो नेपालको आयोजना तथा गणेशमान चारनाथ नगरपालिकाको सहयोगमा शुक्रबारदेखि सुरु भएको उक्त तालिम कार्यक्रममा समाजमा हुने कुरिति र त्यसका तत्वहरु नियन्त्रण बारे वडाका महिला पुरुषहरुलाई प्रशिक्षण तथा जनचेतना प्रदान गरिने भएको छ ।
वडा नं. ११ का वडाध्यक्ष सत्यनारायण कुमर दनुवारको अध्यक्षता तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लखनदेव यादवको प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्रमा सहभागीहरुले समाजिक कुरिति बारे जिज्ञासा प्रकट गरेका थिए ।
सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लखनदेव यादवले समाजिक कुरितिलाई निरुत्साहित गर्नको लागि प्रशिक्षकले प्रदान गर्ने तालिमलाई आत्मसात गर्दै व्यवहारमा लागू गर्न आग्रह गरे । नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सँचालन भएको बताउँदै यसलाई सदुपयोग गर्नको लागि सहभागी वडावासीलाई आग्रह गरे ।
उनले भने, सहभागीहरु माला लगाउन मात्र तछाडमछाड गर्ने गरेको उदाहरण दर्साउँदै माला लगाउनुभन्दा पनि धैर्यताका साथ कार्यक्रमलाई सफल बनाउन तथा तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न सके मात्र नगरपालिकाको बजेटको सदुपयोग हुने बताए । समाजिक कुरिति नहटेसम्म नगर समृद्ध नहुने बताउँदै उनले यस्ता समाजिक कुरितिहरुलाई निरुत्साहित गर्नको लागि सबैले आ आफनो स्तरबाट उठनुपर्ने बताए ।
सो कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै वडाध्यक्ष दनुवारले बालविवाह, भागी विवाह, मोबाईल फोनको दुरुपयोग जस्ता तत्वहरुलाई समाजिक कुरिति रहेको बताउँदै वडालाई समृद्धिको बाटोमा लैजानको लागि यसलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले तालिमबाट प्राप्त जानकारी र ज्ञानलाई व्यवहारमा लागू गर्न आग्रस समेत गरे ।
सो कार्यक्रमको उदघाटना सत्रमा उज्यालो नेपालका अध्यक्ष सत्रुधन महतो, पत्रकार, वडा सदस्यहरु, जेष्ठ नागरिक, युवाहरुको समेत सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…