विभिन्न दुर्घटनामा रौतहट मर्यादपुरका ५ युवाको मृत्यु, सिंगो गाउँ नै शोकमा
न्यूज ब्यूरो, रौतहट । रौतहटको मर्यादपुर गाँउका पाँचजना युवकको छोटो अन्तरालमै विभिन्न दुर्घटनामा परेर मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । जिल्लाको पश्चिमी भेगपस्थित मौलापुर नगरपालिकामा पर्ने मर्यादपुर गाउँका पाँचजना युवाको विभिन्न दुर्घटनामा हालै मृत्यु भएको हो । वीरगञ्जबाट मोटरसाइकलमा आफ्नो

२०७६ माघ २५ शनिबार, दिउँसो १:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको मर्यादपुर गाँउका पाँचजना युवकको छोटो अन्तरालमै विभिन्न दुर्घटनामा परेर मृत्यु भएपछि सिंगो गाउँ नै शोकमा डुबेको छ ।
जिल्लाको पश्चिमी भेगपस्थित मौलापुर नगरपालिकामा पर्ने मर्यादपुर गाउँका पाँचजना युवाको विभिन्न दुर्घटनामा हालै मृत्यु भएको हो । वीरगञ्जबाट मोटरसाइकलमा आफ्नो गाउँ फर्किरहेका एकजना युवकको बारामा टिपरको ठक्करबाट मृत्यु भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाको इनर चोक नजिक शुक्रबार बेलुका ६ बजे दुर्घटनामा मर्यादपुरका ३० वर्षीय समतलाल यादवको मृत्यु भएको हो ।
ना८ख ३१५८ नम्बरको टिपरले ना३१प ६९१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका यादवको उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्राले जनाए ।
यादव राष्ट्रिय वाणिज्य बैङ्क मौलापुर शाखाको सेक्युरिटी गार्ड प्रमुखको रुपमा काम गर्दै आएका थिए । बैङ्ककै एकजना कर्मचारीलाई वीरगञ्ज पु¥याएर फर्किनेक्रममा उक्त दुर्घटना भएको थियो । यसअघि मर्यादपुर गाँउका ४० वर्षीय सुरेन्द्र यादव, ४५ वर्षीय राजेन्द्र यादव, २५ वर्षीय मुकेश यादव र ५० वर्षीय भुटलाल यादवको केहीअघि विभिन्न दुर्घटनामा मृत्यु भएको मौलापुर नगरपालिका–२ का वडा अध्यक्ष श्रीभगवान पटेलले बताए ।
सोही गाउँका २० वर्षीय दिपेन्द्र यादव भने दुर्घटनामा घाइते भइ हाल अशक्त अवस्थामा छन् । एकै गाउँका पाँच युवाले विभिन्न दुर्घटनामा ज्यान गुमाएपछि पुरै गाउँवासी नै शोकमा डुबेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…