घर घर कमला अभियान अन्तर्गत लगमा बजारमा भव्य कमला आरती र जागरण 

२०८२ असोज ११ शनिबार
बिहान १०:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  घर घर कमला अभियान अन्तर्गत शुक्रबार कमला नगरपालिका वडा नं. ३ लगमा बजारस्थित भव्य कमला आरती गरिएको छ । 

कमला बचाउ अभियानको आयोजन तथा लगमा ग्रामवासीको सहकार्यमा शुक्रबार लगमा बजारस्थित रहेको पोखरीमा भव्य कमला आरती गरिएको हो । कमला बचाउ अभियानका सँयोजक विक्रम यादवको अगुवाईमा स्थानीय भद्रभलादी, ग्रामवासी तथा समाजिक अगुवाहरुको सहकार्यमा भव्य आरती गरिएको हो । 

 कमला महिमा अध्यात्मिक एवं पर्यावरणीय संवाद यात्राले “घर घर कमला अभियानक अवाज, स्वच्छ जल–जीवन समृद्ध समाज। घर घर कमला जनकक गथा,सिताक नाता हमर सभक आस्था।” मूल नारासहित लगमाबजारस्थित रहेको हिन्दुहरुको आस्थाको स्थल सिद्धिदात्री मंदिरको अगाड़ी बजार पोखरीको घाटमा आरती तथा कमलाको धार्मिक आस्थाबारे जागरण गरिएको हो । 

कमला नगरपालिकाको लगमा टोलमा भएको कार्यक्रममा स्थानीय समाजसेवी मंदिर समिति का साधू मरबैताको विशेष पहलमा स्थानीय समाजसेवी दिपेन्द्र टेथवार, नागेश्वर साह, अरुण मिश्रा, दीपू मरबैता, धनीराम मण्डल,कमला युवा संजालको अध्यक्ष एवं कमला अभियानी बिमलेश यादव, राजनीश यादव, मिथिला यादव, बिजय साह लगायत सयौं स्थानीय भरभलादमीहरुको उपस्थितिमा आरती तथा जागरण गरिएको हो । 

सो क्रममा अध्यक्ष यादवले कमला महिमा अध्यात्मिक एवम् पर्यावरणीय बिषयमा बखान प्रस्तुत गरेका थिए। सो संवाद यात्राको अवसरमा श्री गंगा आरतीका पंडित अजय झाद्वारा कमला आरती एवं सिद्धदात्रीको आरती गरी संवाद सम्पन्न गरेका थिए ।

हरेक शुक्रबार धनुषा र सिरहाको कमला नदी छेउका गाउँमा प्रथम चरणमा कमलाको पौराणिक मान्यता, आस्था र शक्तिबारे जागरण चलाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

आज जनकपुरधाम उपमहानगरअन्तर्गतका सबै सरकारी कार्यालय विदा, सबै सरकारी सेवा बन्द

  • २०८२ असोज ११ शनिबार

न्यूज ब्यूरो,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६ का वडा अध्यक्ष दिनेश प्रसाद साहको निधनमा शोक व्यक्त गर्दै जनकपुरधाम उपमहानगरपालिकाले सोमबार एक दिनका लागि अत्यावश्यकबाहेकका सम्पूर्ण सरकारी सेवा बन्द गर्ने भएको छ । उपमहानगरपालिकाले

पूरा पढ्नुहोस्

Bureau Menus