आर्थिक ब्यूरोमैले उठाएको एजेन्डा अन्य उम्मेदवारसँग नभएर अध्यक्ष पदमा उम्मेदवारी दिएको छुः भण्डारी
उपाध्यक्षसम्म पुगेर पनि सोचे अनुरुप उद्योग व्यवसायको विकासका लागि काम गर्न नसकेकाले आफू अध्यक्ष पदमा उम्मेदवारी दिएको भण्डारीले बताए । उनले भने, ‘उपाध्यक्ष पदमा निर्वाचित भएपछि मैले व्यवसायीको हकहितका लागि धेरै काम गर्ने प्रयास गरेँ । धेरै ठाउँमा बोलेँ । संस्थागत रूपमा काम गर्ने प्रयास गरेँ । तर उपाध्यक्षले चाहेर यहाँ केही गर्न सकिने रहेनछ,’ सुरेन्द्रले भने, ‘आफूले चाहेर पनि गर्न नसकेका धेरै कामहरू गर्न मैले अध्यक्ष पदमै उम्मेदवारी दिनुपर्यो ।’
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










