धनुषाः क्रसर उद्योगका सँचालक उपर चेक बाउन्सको मुद्दा 

२०७९ फाल्गुण ३० मंगलबार
बेलुकी ६:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक क्रसर उद्योगका सँचालक उपर चेक बाउन्सको मुद्दा दिइएको छ । 

गत फागुन १२ गतेमा महोत्तरीको बर्दिवासस्थित रहेको क्रसर उद्योगका सँचालकमाथि ९६ लाख रुपैयाँको चेक बाउन्सको मुद्दा दायर गरिएको हो । 

बर्दिवास नगरपालिका वडा नम्बर १२ बिजलपुरास्थित सँचालनमा रहेको जय बाबा ठाकुर वासिँग सेन्टरका सँचालक राजीव यादव उपर चेक अनादरको मुद्दा दायर गरिएको हो । गत फागुन २५ गते सँचालक राजीव यादवले समेत मुद्दा दायर गर्ने अभिनन्दन कुमार यादवमाथि निवेदन दिएको हो । 

मुद्दामा वादी भनिएको सबैला नगरपालिका वडा नम्बर ९ बस्ने अभिनन्दन कुमार यादवले क्रसर सँचालक राजीव कुमार यादवमाथि चेक बाउन्सको मुद्दा दायर गरेका हुन् । कुनै काम वापत दिनुपर्ने ९६ लाख रुपैयाँको चेक काटेर बैँकमा जम्मा गर्न भनेको तथा बैँक खातामा पर्याप्त रकम नभएपछि थप दुई पटक समय दिएकोमा समेत रकम अपुग भएपछि चेक अनादर भएको मुद्दामा उल्लेख छ ।

 खातामा रकम नरहेको भन्दै मुद्दामा विपक्षि भनिएका राजीव यादवलाई पटक-पटक जानकारी गराउँदा पनि अटेरी गरेको र रकम नै नदिने मनसायले व्यवहार गर्न थालेपछि झण्डै एक बर्षपछि मात्र चेक बाउन्सको मुद्दा प्रक्रियामा गएको उल्लेख छ । 

मुद्दामा चेक काटिएको दिनदेखि नै मुद्दा टुँगो नलागेसम्म १० प्रतिशतको दरले ब्याजसहित रकम माग गरिएको छ । वादी भनिएका अभिनन्दन कुमार यादवले समाजिक सँजाल, सँचारमाध्यमहरुबाट आफ्नो चरित्रहत्या गर्न खोजेको आरोप समेत लगाईएको छ । 

२०७५ सालमै वादी अभिनन्दन कुमार यादव र प्रतिवादी भनिएका राजीव कुमार यादवबीच लेनदेनको तमसुक समेत रहेको जानकारी दिईएको छ । जसमा राजीवसहित उनका बुवा समेत साक्षीको रुपमा बसेका छन् । सोही लेनदेनको लागि भएको रकम बमोजिम चेक दिएर आलटाल गर्न खोजेको आरोप लगाइएको छ । 

२०७५ सालमै अभिनन्दन र राजीव विच लेनदेन भएको हो जसको तमसुक कागजात राजीवकी आमाले अभिनन्दनको बहिनि को नाउँमा बनाएको बताउँदै त्यही रकम अभिनन्दलाई तिर्न ९६ लाखको चेक राजीवले अभिनन्दन लाई आफनो चेक दिएको हो । यसमा सिद्धार्थ बैँकमा ब्रान्च मैनेजर अजय यादवको साथै विश्वनाथ यादव र वसन्त यादवको कुनै पनि संलग्नता नरहेको खण्डन अजय यादवले गरेका हुन।

उक्त चेक तीन चोटी बाउन्स भएपछि अदालतमा मुद्दा भईसकेको अवस्थामा चरित्र हत्या गर्ने प्रयास गरिएको आरोप लगाइएको छ । राजीवले बेईमानी नियत र व्यक्तिगत रिसिबीका कारण अजय यादव लगायतका व्यक्तिलाई फँसाउन र चरित्र हत्या गर्ने उदेश्यले मात्र मुद्दा गरेको आरोप छ ।

राजीव यादवले यसअघि आफ्नो चेक हराएको र हराएको चेकमा आफूखुसी रकम भरेर चेक बाउन्स गरेको आरोपसहित जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दायर गरेका हुन् । उनी फागुन २५ गतेमा निवेदन दायर गरेका हुन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७९ फाल्गुण ३० मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus