अब घर–घरमा ग्यास पुरयाइदै
जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनलाई कडा पारेको छ ।

२०७६ चैत २२ शनिबार, बिहान १०:१५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, हेटौडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा खाना पकाउने ग्यासको समस्या समाधान भएको छ ।
ग्यास उद्योगले आधा ग्यास सिलिन्डर बिक्रीवितरण शुरु गरेपछि ग्यासको अभाव हुने समस्या हटेको बताइएको छ ।
नेपाल आयल निगमको निर्देशनमा प्रत्येक आधा सिलिन्डर ग्यास भरेर मात्र वितरण गरिएपछि हेटौँडा बजारलगायत अन्य बजार क्षेत्रमा पनि ग्यासको समस्या हटेको छ ।
ग्यास बिक्रेताले ठेलामा राखेर घरघरैमा ग्यास पु¥याएको उपभोक्ताले बताएका छन् ।
हाल हेटौँडामा नारायणी, नेपाल, मनोज, कोशी र त्रिशूल लगायत ग्यास बिक्रीवितरण हुने गरेको छ ।
कोरोनाको कारणले ग्यास आयात नभई अभावको समस्या हुने आशङ्कामा उपभोक्ताले अत्यधिक सिलिन्डर सञ्चय गरेका कारणले समस्या आएको नारायणी डिलर ग्यासका सञ्चालक रामप्रसाद भण्डारीले बताउनुभयो ।
निगम अमलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मीले उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध भइरहेको छ भन्नुभयो । रक्सौल नाकाबाट दैनिक ग्यास बुलेट आउने गरेको उहाँको भनाइ छ ।
यसैबीच कोरोना भाइरसबाट सुरक्षित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनलाई कडा पारेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…