प्रदेश २ : राहत कोषमा सिटिजन्स र कृषि विकास बैंकले दिए १२ लाख
न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर फैलिँदै गएको कोरोना महामारी नियन्त्रणको लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न निकायबाट सहयोग जुट्ने क्रम जारी छ । प्रदेश सरकारले कोरोना नियन्त्रण तथा यसका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले

२०७६ चैत १८ मंगलबार, बेलुकी ६:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर फैलिँदै गएको कोरोना महामारी नियन्त्रणको लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न निकायबाट सहयोग जुट्ने क्रम जारी छ ।
प्रदेश सरकारले कोरोना नियन्त्रण तथा यसका पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको राहत कोषमा सिटिजन्स बैंक र कृषि विकास बैंकले पनि सहयोग गरेको छ । सिटिजन्स बैंक प्रादेशिक कार्यालयले ७ लाख र कृषि विकास बैंकले ५ लाख जम्मा गरेको हो ।
दुबै बैंकका प्रतिनिधिहरुले आजै मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…