मैले उठाएको एजेन्डा अन्य उम्मेदवारसँग नभएर अध्यक्ष पदमा उम्मेदवारी दिएको छुः भण्डारी
उपाध्यक्षसम्म पुगेर पनि सोचे अनुरुप उद्योग व्यवसायको विकासका लागि काम गर्न नसकेकाले आफू अध्यक्ष पदमा उम्मेदवारी दिएको भण्डारीले बताए । उनले भने, ‘उपाध्यक्ष पदमा निर्वाचित भएपछि मैले व्यवसायीको हकहितका लागि धेरै काम गर्ने प्रयास गरेँ । धेरै ठाउँमा बोलेँ । संस्थागत रूपमा काम गर्ने प्रयास गरेँ । तर उपाध्यक्षले चाहेर यहाँ केही गर्न सकिने रहेनछ,’ सुरेन्द्रले भने, ‘आफूले चाहेर पनि गर्न नसकेका धेरै कामहरू गर्न मैले अध्यक्ष पदमै उम्मेदवारी दिनुपर्यो ।’

२०८१ भदौ २० बिहीबार, राति ८:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आउँदो भदौ २९ गते जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको छ ।
जउवा संघको नेतृत्व आफ्नो हातमा लिने अभिप्रायकासाथ उम्मेदवारहरु चुनावी मैदानमा ओर्ली सकेका हुन् । उम्मेदवारहरु आफ्नो पक्षमा माहौल बनाउनका लागि व्यापारी मतदातासमक्ष मत माग्नका लागि पुगिरहेका छन् ।
जउवा संघको अध्यक्ष पदका लागि यसपटक तीनजना उम्मेदवार चुनावी मैदानमा छन् । निवर्तमान वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह, निवर्तमान उपाध्यक्ष सुरेन्द्र भण्डारी र वर्तमान वरिष्ठ उपाध्यक्ष मनिषरमण साह अध्यक्ष पदको दौडमा छन् ।
अध्यक्ष पदको उम्मेदवारका चेहराहरुमध्ये सबैभन्दा युवा चेहरा हो सुरेन्द्र भण्डारी । भण्डारी युवा चेहरा भएपनि जउवा संघमा रहेर काम गर्ने मामिलामा अनुभवी चेहरा हुन् । उनी जउवा संघको कार्यकारिणी सदस्य, सचिव हुँदै उपाध्यक्ष पदसम्म पुगेर नेतृत्व सम्हाली सकेका छन् । पछिल्लो निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा भने भण्डारी पराजित भएका थिए ।
उपाध्यक्षसम्म पुगेर पनि सोचे अनुरुप उद्योग व्यवसायको विकासका लागि काम गर्न नसकेकाले आफू अध्यक्ष पदमा उम्मेदवारी दिएको भण्डारीले बताए । उनले भने, ‘उपाध्यक्ष पदमा निर्वाचित भएपछि मैले व्यवसायीको हकहितका लागि धेरै काम गर्ने प्रयास गरेँ । धेरै ठाउँमा बोलेँ । संस्थागत रूपमा काम गर्ने प्रयास गरेँ । तर उपाध्यक्षले चाहेर यहाँ केही गर्न सकिने रहेनछ,’ सुरेन्द्रले भने, ‘आफूले चाहेर पनि गर्न नसकेका धेरै कामहरू गर्न मैले अध्यक्ष पदमै उम्मेदवारी दिनुपर्यो ।’
उनले आफूले उठाउन खोजेका एजेण्डाहरू अन्य उम्मेदवारले उठाउन नचाहेका कारण उम्मेदवार बन्नु परेको बताए । लामो समय संघमा आवद्ध रहँदा उल्लेखनिय काम गरेको चर्चा गर्दै विगतमा आफू संघमा रहँदा व्यवसायिक हकहितमा धेरै काम भएको तर हालको नेतृत्वले प्रभावकारी काम गर्न नसकेकाले पनि आफूले उम्मेदवारी दिएको उनले बताए ।
उनले आफूलाई नेतृत्वमा रहेर उद्योग, व्यापार र व्यवसाय क्षेत्रको विकास अघि बढाउन उम्मेदवारी दिएको बताउँदै संघको गरिमा उच्च राख्न भूमिका खेल्ने दाबी गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघमा अहिले ४ हजार ७६ सदस्य मतदाता छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…