दलालको भरमा एभेरेष्ट सुगर मिलका सँचालक - "सरेश सर्राफ"
न्यूज ब्यूरो || जनकपुरधाम, २१ चैत्त । उखु किसानहरुको डेढ अर्ब बढी भुक्तानी रोकेको एभरेष्ट सुगर एण्ड केमिकल्स ई।प्रा।लि।का सञ्चालकले कमिसन लिएर नगदमा दलाल मार्फत उखु खरिद गरिरहेका छन् भनेर आजको जनकपुर टुडे मा समाचार छ । मिलका मुख्य सञ्चालक सरेश सर्राफ९मुन्ना०ले दलाल मार्फत ५ सय ३६ रुपैया क्विन्ट मुल्

२०७४ चैत २१ बुधबार, बिहान १०:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, २१ चैत्त । उखु किसानहरुको डेढ अर्ब बढी भुक्तानी रोकेको एभरेष्ट सुगर एण्ड केमिकल्स ई।प्रा।लि।का सञ्चालकले कमिसन लिएर नगदमा दलाल मार्फत उखु खरिद गरिरहेका छन् भनेर आजको जनकपुर टुडेमा समाचार छ ।
मिलका मुख्य सञ्चालक सरेश सर्राफ९मुन्ना०ले दलाल मार्फत ५ सय ३६ रुपैया क्विन्ट मुल्य निर्धारण गरिएको उखु ४ सयदेखि सवा ४ सय प्रति क्विन्टलमा नगदी खरिद गरिरहेको किसानहरु बताउँछन् ।सवा ४ सयको क्विन्टल खरिद गरिने उखुको पनि कम्पनीबाट ५ सय ३६ रुपैया प्रति क्विन्टल भुक्तानी देखाउने गरिएको छ ।
केहि रकम दलाललाई र बाँकी रकम सर्राफ स्वयंले लिने गरेको बताईन्छ ।सस्तोमा उखु उपलब्ध नगराउने किसानहरुको डेढ अर्ब बढी रकम एभरेष्ट सुगर मिलले रोकेको छ ।मंसिरमा नै उखु बेचेका किसानले हाल सम्म भुक्तानी पाएका छैनन् ।
सर्राफले चिनी मिलबाट अबैध रुपमा गरेको कमाईबाट मिथिला नगरपालिकामा १२ बिघा जमिन, सिरहाको चोहर्वामा रहेको उनको हिमालयन सुगर मिलको छेउमा २ बिघा जमिन, अक्सिजन प्लान्ट लगायत करोडौको निजी कारोबार गरेका छन् ।उनले अधिकांश सम्पति श्रीमती बबिता सर्राफको नाउँमा लिएका छन् ।चिनी मिल घाटामा सञ्चालन भईरहेको बताउने सरेश सर्राफले थप गरेको सम्पतिमा बैंकको ऋण नरहेको स्रोतहरुले जनाएका छन् ।
स्रोतहरुका अनुसार सर्राफले चिनी मिलमा प्रति क्विन्टल चोर्ने गरेको १ सय रुपैयाले निजी सम्पतिहरु धमाधम जोर्न थालेका छन् ।एभरेष्ट सुगर मिल्स, एभरेष्ट पेपर मिल्स र त्यसका सञ्चालकहरुले हाल सम्म आन्तरिक राजस्व कार्यालय जनकपुरको करदाताहरुको माथिल्लो सूचीहरुमा आएका छैनन् ।
तर हरेक वर्ष निजी कारोबार करोडौको गरेको देखिन्छ ।एभरेष्ट समुहको प्रधान कार्यालय जनकपुरधाममा राजस्व अनुसन्धान विभागले छापा मारेको थियो ।तर त्यो ‘सेटिंग’ भइसकेको स्रोतहरुले जनाए ।
स्रोतहरुका अनुसार एभरेष्ट सुगर मिलमा ट्रक भाडाबाट कमिसन र उखु किसानबाट कमिसनलाई नियमित बनाएका सर्राफले मिललाई घाटामा गएको देखाएर थप कर छली समेत गर्दै आएका छन् ।
सरेश सर्राफले वार्षिक गर्ने आय मध्ये तिर्ने कर र उसले खरिद गर्ने सम्पतिको मूल्यांकनको लेखाजोखा गरिए उनको अनियमितता छर्लग हुनेछ । किसानको भुक्तानी रोकेर कालोबजारमा चिनी बेच्ने मुख्य मिल सञ्चालक सर्राफले व्यापक कर छली गर्दै आएका छन् ।
नेपाली बजारमा हरेक वर्ष चिनीको मूल्य बृद्धि हुनुको कारण एभरेष्ट सुगर मिलले गर्ने कालोबजारी नै प्रमुख रहेको बताईन्छ । प्रति किलो ६८ रुपैयामा चिनी बिक्री भएपनि मिल सञ्चालकहरुलाई मनग्गै मुनाफा हुने बजार विश्लेषकहरु बताउँछन् ।
तर चिनीलाई गोदाममा थुपारेर दशैंको मुखमा कालोबजारमा चिनी बिक्री गर्ने सर्राफले अन्य साझेदारहरुलाई समेत झुक्याउँदै आएका छन् ।
उखु , ढुवानी, चिनी बिक्री लगायतमा कमिसन खाने सर्राफले कम्पनीको कारोबारमा निर्धारित रेट नै देखाउने गरेका छन् ।
उनले उखु ढुवानी, काँटा गर्ने, उखु खरिद, ट्रक भाडा र चिनी कालोबजारीका लागि दलालहरु परिचालन गरेका छन् ।
ती दलालहरुको मार्फत मोटो रकम कमिसन लिने गरेका छन् भनेर आजको जनकपुर टुडेले समाचार छापेको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…