सो क्रममा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको सरुवा भएको छ । भण्डारीलाई तत्कालिन धनुषाका सिडिओ काशिराज दाहाल सरुवा भएका कारागार व्यवस्थापन विभागमा सरुवा भएको छ ।
क्वेस्ट नेपालका महासचिव सिंह बहादुर लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मोनाष्टिक आवासिय माध्यमिक विद्यालय, अन्नपूर्ण स्कुल, दर्शनिया स्कुल, सिन्हा पब्लिक स्कुल, मोडर्न स्कुल, जेनिथ नेशनल एकेडमी, ज्ञान मन्दिर स्कुल लगायत १३ वटा विद्यालयका कुल २५० जना छात्रछात्राहरु सहभगी रहेको मोनाष्टिक आवासिय माध्यमिक विद्यालयका सञ्चालक सोनु साहले जानकारी दिए ।
सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गरेको छ ।
२०७७ साल श्रावन १९ गतेको मन्त्री परिषद निर्णयवाट सिमाका ति स्तम्भहरु मध्ये विजोरा नम्वरका सीमास्तम्भहरुको पुर्ननिर्माण, मर्मत सम्भार रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय बमोजिम सो कार्यको थालनी भएको बताइएको छ ।
भूमि फोक फेष्टमा कल्पना पटवारीसहित दिग्गज गायक मानिएका जनकपुरका ललित कामत, शिवानी भगत, देव अहिराव, नेपाली मोडेलहरु, सिने जगतका कलाकारहरुलगायत दर्जन बढी चर्चित कलाकारहरुले प्रस्तुति दिने भएको छ । कार्यक्रममा माटोपानीसँग जोडिएको साँस्कृति कार्यक्रम हुनेछ ।
समितिको उपाध्यक्षमा राजकुमार महतो, सचिव कृष्णकुमार महतो, सहसचिव रामचन्द्र महतो, कोषाध्यक्षमा राजकुमार यादव रहेका छन् । यही ठाउँमा रामबहादुर महतोले एकल रुपमै २५ वर्ष अघि झण्डा मेला आयोजन गरेका थिए ।
साँगितिक कार्यक्रममा बहुमुखि प्रतिभा भएका खजुरीका गायक ललित कामत, शिवानी भगत, देव अहिर राव, राजा राजपुत, भक्ती गित तर्फ रुपेश झा, नृत्याँगना तर्फ अँजली साह लगायतका दर्जन बढी कलाकारहरु रहने आयोजक सँस्थाका सँगम गुप्ताले जानकारी दिए ।
अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६८ मा टेकेर उक्त मापदण्ड पास गरिएको थियो । मापदण्डअनुसार अब देखि २१ थरी वन्यजन्तु व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । जसअनुसार लगुना, रतुवा, चित्तल, नीलगाई, खरायो, दुम्सी, बँदेल, सर्प, गोही, भ्यागुता, पाहा, मयुर, कालिज, वनकुखुरा, च्याखुरा, तित्रा, पियुरा, ढुकुर, मैना, सुगा अबदेखि व्यावसायिक रूपमा घरमै पाल्न सकिन्छ । तर यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरिएको छ ।
श्रम तथा रोजगार कार्यालयका प्रमुखनै इन्टरभ्यू स्थलमा पुगेपछि अन्तरवार्ता लिन बसेका मानिसहरुसमेत अल्मलमा परेका थिए । उनीहरुले इजी बिल्डका लागि ८० जनाको इन्टरभ्यू गर्न बसेको बताए पनि इन्टरभ्यू दिनेहरुले गार्डेनिया बिल्डिंग कन्टेक्टींगका लागि दिएको बताएका थिए । उनीहरुले बोर्डमा टांस गरिएको सूचना समेत कार्यालय प्रमुख रोकायालाई देखाएका थिए । इन्टरभ्यू दिन पुगेका कामदारहरुले दुबईमा १७ सय जनाको माग रहेको र सबैले इन्टरभ्यू पास गर्ने शिवम् टे«निंग सेन्टरका सञ्चालक सुनिल प्रसादले जनाएको बताए । आजको जनकपुरटुडेमा राजेन्द्र यादवले समाचार लेखेका छन् ।
प्लान इन्टरनेसनलले बालबालिका, युवा, किशोरी र महिलाको हक हित र व्यक्तित्व विकासका लागि देशै भरका जिल्लाहरुमा काम गर्दै आएको अभियानका विशेषज्ञ सृजना बजार्चायले जानकारी दिइन । उनले धनुषाका ५ वटा पालिकामा हाल उक्त परियोजनाले काम गर्दै आएको बताइन । उनले यस अघि पनि देश भरका विभिन्न संघसंस्थाका पदाधिकारीको समन्वयमा छात्राहरुलाई एक दिनका लागि पद हस्तान्तरण गराएको बताउँदै, आजको पद हस्तान्तरण देशमै पहिलो पटक शिक्षा मन्त्रीको टेक अभर भएको जानकारी दिइन । उनले आजको टेक अभरले समाजमा छात्राहरुलाई पढेर ठूलो मान्छे बन्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन ।
मृतकलाई अस्पताल पुन्याउने विद्यालयका कर्मचारी रियाज अंसारी तथा घट्ना स्थलमा हुँदै नभएका विद्यालयकै अर्को कर्मचारी जमिल अख्तर अंसारीलाई बिना प्रमाण सहयोगीको आरोप लगाईं फसाउन खोजेको, शान्ति सुरक्षा कायम गर्न नसकेको प्रश्न प्रहरी प्रशासनमाथि उब्जने बाटोबाट बच्न आम जनताका आँखामा भ्रम सृजना गर्न खोजेको, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयको अभिव्यक्तिमा भिन्नता देखिएको उल्लेख छ ।