पर्सी शनिबार खजुरी–महुवामा जनकनन्दिनी साँगितिक महोत्सव हुँदै
साँगितिक कार्यक्रममा बहुमुखि प्रतिभा भएका खजुरीका गायक ललित कामत, शिवानी भगत, देव अहिर राव, राजा राजपुत, भक्ती गित तर्फ रुपेश झा, नृत्याँगना तर्फ अँजली साह लगायतका दर्जन बढी कलाकारहरु रहने आयोजक सँस्थाका सँगम गुप्ताले जानकारी दिए ।

२०८० कार्तिक १६ बिहीबार, बिहान १०:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ प्रखे महुवास्थित जनकनन्दिनी महोत्सव हुने भएको छ ।
आउँदो शनिबार कार्तिक १८ गतेको दिन विभिन्न गायक, नृत्याँगनाहरुको समूहले जनकनन्दिनी महोत्सवमा दर्शकहरुलाई झुमाउने भएको छ ।
जनकनन्दिनी फाउण्डेशनको आयोजनामा कार्तिक १८ गते शनिबार आयोजन गरिएको साँगितिक महोत्सवमा मिथिला मधेशका दिग्गज र चिरपरिचत कलाकाहरुले प्रस्तुति दिने भएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवा बजारस्थित सो कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
साँगितिक कार्यक्रममा बहुमुखि प्रतिभा भएका खजुरीका गायक ललित कामत, शिवानी भगत, देव अहिर राव, राजा राजपुत, भक्ती गित तर्फ रुपेश झा, नृत्याँगना तर्फ अँजली साह लगायतका दर्जन बढी कलाकारहरु रहने आयोजक सँस्थाका सँगम गुप्ताले जानकारी दिए ।
कार्यक्रम शनिबार दिउँसो २ बजेदेखि राती ९ बजेसम्म चल्ने आयोजक समितिले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…